विराटनगर– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको संरक्षण र यसको समुचित उपयोगको सार्थक पहल आवश्यक भएको बताएका छन् । विश्व पानी दिवस २०२५ को अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिहरु सहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न आह्वान गरेका हुन् ।
‘हाम्रा जीवनका महत्वपूर्ण हिस्सा भएको हिमनदी संरक्षणको मूल नाराका साथ विश्व पानी दिवस मनाइरहेको छ,’ उनले शुभकामना सन्देशमा भनेको छ, ‘हिमनदीहरु पग्लिएर बगेको पानीले कृषि, उद्योग, नविकरणीय ऊर्जा उत्पादन र स्वस्थ्य पारिस्थितिक प्रणालीमा सहयोग पुग्दछ त्यसैले भावी पुस्ताहरुको सुरक्षित र समृद्ध जीवनका लागि यसको संरक्षण जरुरी छ ।’
बढ्दो शहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोग सहितका कैयौँ कारकहरुले पानी संकट उत्पन्न हुने गरेको उनको भनाइ छ । ‘पानीको कमजोर व्यवस्थापन, प्रदूषण, अपर्याप्त संरचना, सरोकारवालाहरुको सहभागितामा कमी, माटो क्षयीकरण लगायतले पनि पानीको संकट गहिरिदै गएको छ,’ उपराष्ट्रपति यादवले भनेका छन्, ‘पानीको अप्रयाप्तताले पारिस्थितिक प्रणालीलाई अवरोध सिर्जना गर्दै खाद्य र पानी सुरक्षालाई संकटमा पारिरहेकोले यसतर्फ सबैलाई सचेत हुनु आवश्यक छ ।’
नेपालमा पानीको स्रोतहरुको स्तर तीव्र रुपमा घट्दै गएकोले तराई–मधेशमा भूमिगत पानीको स्तर चरम बिन्दूलाई पार गर्दै भूमिगत पानीको उपभोग र उपलब्धताको अनुपात घट्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् । ‘अधिकांश क्षेत्रहरुमा चापाकलको घनत्व र यसको जालोमा वृद्धि भएको अवस्थामा खानेपानी र अन्य कामका लागि उपयोग हुने पानीको उपलब्धतामा कमी हुँदै गएको छ,’ उनले भने, ‘बाहै्र महिना पानीको प्रवाह हुने नदी र धाराहरुमा पानीको कमी छ वा ती मध्ये केही आंशिक वा पूर्ण रुपमा सुकिसकेको अवस्था छ । यसतर्फ सबैको ध्यानाकृष्ट हुन आवश्यक छ ।’
पहाडी भूभागमा धेरै झर्नाहरु सुकिसकेको र पानी ग्रहण गर्ने उपायहरुको कमी वा अनुचित, अव्यवस्थित संरचना र सम्बन्धित निकायहरुको खराब रेखदेखका कारण अधिकांश जलाशयहरुलगायत पानीका स्रोतहरु मासिदै गएको उनको भनाइ थियो । ‘समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदान पानीको संरक्षण जरुरी छ,’ उनले उल्लेख गरेका छन्, ‘पानी बिना जीवनको कल्पना सम्म गर्न सकिन्न । पानीको संरक्षण र यसको समुचित उपयोगका लागि सक्दो प्रयास र सार्थक पहल गर्दै भावी पिढीका लागि सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउन एकजुट भई अग्रसर हुन आवश्यक छ ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares