काठमाडौं– पराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको शिष्टाचार भेटमा शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, विकास सहयोगलगायतका विषयमा संवाद भएकाे हाे ।
‘नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र हो, सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भए यता नेपाल र नर्वेबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहाद्रपूर्ण रही आएको छ,’ उपराष्ट्रपति यादवले भने, ´लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरु हाे ।`
विकास साझेदारको रुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको उनकाे भनाइ थियाे । ‘नर्वे सरकारले विशेष गरी नवीकरणीय उर्जा, शिक्षा तथा सुशासनको क्षेत्रमा गरेका कामहरु हाम्रा लागि उपयोगी छन्,’
उपराष्ट्रपति यादवले भने, ´नर्वेले बहुपक्षीय मञ्चहरुमा, अन्तर्राष्ट्रिय मुद्दाहरु जस्तै राष्ट्रसंघीय शान्ति कार्य तथा जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहनुका साथै आपसी हितका विषयहरुमा दुई पक्षीय र बहुपक्षीय मञ्चहरुमा हाम्रो सहकार्य निरन्तर कायम रहनेछ ।`
जलवायु परिवर्तनलगायत विश्व परिवेशमा देखा पर्नसक्ने अन्य जल्दाबल्दा मुद्दामा केन्द्रित रही विश्वस्तरमा बहस चलाउने उद्देश्यका साथ नेपालले सगरमाथा संवादका लागि संवाद मञ्च स्थापना गरेको उनले बताएका हुन् । सगरमाथा संवादको पहिलो संस्करण १६–१८ मे २०२५ सम्म काठमाडौंमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य' विषयमा आयोजना हुने भएकाले त्यसमा नर्वेबाट उच्चस्तरको सहभागिता रहने अपेक्षा रहेकाे उपराष्ट्रपति यादवकाे भनाइ थियाे ।
उपराष्ट्रपति यादवले राजदूत मार्फत् नर्वेको संविधान र राष्ट्रिय दिवसका अवसरमा नर्वेली जनताको सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गरेका हुन् ।
नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडलले नेपालसँग नर्वेको मैत्रीपूर्ण र सौहाद्रपूर्ण सम्बन्ध रही आएको बताइन् । ‘नेपालको विकासमा नर्वे प्रमुख विकास साझेदारमध्येको एक हो’ उनले भनिन्, ‘नर्वेले नेपालको जलविद्युत, हरित ऊर्जालगायतका क्षेत्रमा सहयोग गरिरहेको छ ।’
राजदूत ड्रामडलले नेपालको मौलिक पहिचानसहितको सांस्कृतिक विविधता अतुलनीय रहेको उल्लेख गदै आफ्नो कार्यकालमा यी सांस्कृतिक विविधतालाई अत्यन्तै नजिकबाट अवलोकन गर्न पाउँदा खुशी लागेको बताइन् । उनले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद प्रशंसनीय कार्य भएको जनाउँदै उक्त संवादमा नर्वेको सक्रिय सहभागिता रहने बताइन् ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares