११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

कोशीमा व्यावसायिक विकास परामर्श सेवा

द नेप्लिज संवाददाता
३० जेठ २०८२, शुक्रबार

विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यावसायिक विकास परामर्श सेवाको सुरुवातले साना मझौला उद्यमीहरूको व्यवसाय प्रवद्र्धनमा मद्दत पुग्ने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाको सहकार्यमा आयोजित स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिमको समापनमा अध्यक्ष राउतले व्यवसाय गर्नेसँग व्यवसायिक सीप हुनुपर्ने भएकाले यो तालिम सहभागीहरुका लागि फलदायी हुने विश्वास रहेको बताएका हुन् । 

 ‘जिल्ला नगर उद्योग वाणिज्य संघहरूको क्षमता विकास गर्न महासंघ कोशी क्रियाशील छ,’ उनले भने, ‘स्टार्टअप सम्बन्धी कार्यक्रमसमेत महासंघले सञ्चालन गर्ने तयारीमा छ ।’ उदय परियोजनाका बिडिएस लिड विष्णु काफ्लेले व्यवसाय विकास परामर्श सेवाको तालिमले कोशी प्रदेशका साना तथा मझौला उद्योग व्यवसायको प्रवद्र्धनमा सहजता थपिने विश्वास व्यक्त गरेका छन् । 

‎तालिममा  साना मझौला उद्योगहरूको व्यवसाय प्रवनद्र्धन, व्यवसाय परामर्शदाताहरूको भूमिका, व्यावसायिक योजना तयारी, लोन एप्लिकेसन, व्यावसायिक योजनाहरूको अभ्यास, सञ्चार समन्वय, इथिकल स्ट्यान्डर्ड, जेन्डर र सोसियल इन्क्लुजन, तथ्याङ्क सङ्कलन ,नतिजा मापनलगायतका विषय सहजकर्ताहरुले गरेको सहजीकरणबाट सहभागीहरु लाभान्वित भएका छन् । 

कन्काई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौंलाले व्यावसायिक विकास परामर्श तालिम बाट दुरगम क्षेत्रमा रहेका उद्यमी व्यवसायीहरुलाई विशेष गरेर साना तथा मझौला उद्योगी व्यवसायीहरूको व्यवसाय विस्तारमा परामर्श दिन सहभागीहरुलाई सक्षमता प्राप्त भएको बताएका हुन् । 

यस्तै, ‎खोटाङ उद्योग वाणिज्य संघबाट सहभागी मदमबहादुर तामाङले तालिमबाट आफूले व्यावसायिक योजना बनाउन सिकेको बताएका छन् । त्यस्तै, धनकुटा उद्योग वाणिज्य संघबाट सहभागी  साङ्गहेन्मा राईले महिला उद्यमीहरूले सञ्चालन गरेका उद्यम व्यवसायहरूलाई प्रवद्र्धन गर्न यो तालिमले सहयोग पुग्ने बताए । तालिममा कोशी प्रदेशका विभिन्न जिल्ला÷नगर उद्योग वाणिज्य संघका ३० जनाको सहभागिता रहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशीका कार्यकारी निर्देशक राधारमण भण्डारी(श्याम)ले जानकारी दिएका छन् ।

प्रकाशित : ३० जेठ २०८२, शुक्रबार 17:28
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved