शिक्षक आन्दोलन
काठमाडौँ – विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज साँझ वार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ७ बजेका लागि महासंघका प्रतिनिधिलाई बैठकमा बोलाएका हुन् ।
महासंघले दिउँसोसम्म आन्तरिक छलफल गर्दै बैठकमा सहभागी गराउने टोली चयन गर्ने प्रक्रिया अघि बढाएको छ । महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीका अनुसार प्रधानमन्त्रीकै आग्रहमा वार्तामा सहभागी हुने निर्णय भएको छ ।
‘प्रधानमन्त्रीले नै बोलाउनु भएको छ, हामी आफ्ना माग राख्न बैठकमा जान्छौं,’ पराजुलीले भनिन्, ‘तर शिक्षा ऐनको माग पुरा नभएसम्म आन्दोलन रोकिने छैन । बैठक भयो भन्दैमा समाधान निस्कन्छ भन्न सकिन्न ।’ यसअघि शिक्षामन्त्री र शिक्षा सचिवसँग भएको वार्ता सहमति विना टुंगिएको थियो ।
शिक्षकहरू ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् । नेपाल शिक्षक संघ वाग्मती प्रदेश अध्यक्ष दीपक सिंखडाका अनुसार महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा वार्ता टोली प्रधानमन्त्रीसँग छलफलमा जानेछ ।
शिक्षकहरूले सुरु गरेको आन्दोलन आज १७ औं दिनमा प्रवेश गरेको छ । प्रधानमन्त्री ओलीले भने आन्दोलन सुरु भएको करिब दुई साता पछि वार्ताको पहल गरेका हुन् ।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares