२६ साउन २०८२, सोमबार 11 Aug 2025, Monday

आरजु–जयशंकरबीच सीमावर्ती क्षेत्र बारे वार्ता

द नेप्लिज संवाददाता
५ फागुन २०८१, सोमबार

विराटनगर– परराष्ट्रमन्त्री आरजु राणा देउवाले ओमानको राजधानी मस्कटमा भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेट गरेकी छन् । आठौँ हिन्द महासागर सम्मेलनमा भारत, नेपाल, ब्रुनाइ, इरान, भूटान, बांगलादेश श्रीलंका लगायतका विभिन्न मुलुक सहभागि छन् । 


परराष्ट्रमन्त्री देउवाले सामाजिक सञ्जाल एक्समा भारतीय विदेशमन्त्रीसँगको भेट सुखद रहेको र सीमावर्ती क्षेत्र, व्यापार र विद्युतीय परियोजना लगायत विभिन्न मुद्दामा छलफल भएको भनेकी छन् । ‘नेपालको विकासमा भारतको निरन्तर सहयोगका लागि धन्यवाद दिएकी छु, नेपाल–भारत सम्बन्धलाई सबल राख्ने प्रतिवद्धता दोहो¥यायौँ,’उनले एक्समा लेखेकी छन् ।


देउवाले एक अन्र्तवार्तामा चीनको ‘बेल्ट एण्ड रोड,’ परियोजनालाई रणनीतिक गठबन्धनको रुपमा हेरिनु नहुने बताएकी छन् । कुनै पनि मुलुकसँग नेपालको रणनीतिक गठबन्धन नरहेको उनले प्रष्ट पारेकी छन् । उक्त परियोजनामा सयभन्दा बढी मुलुक सामेल छन् । चीनको यस परियोजनामा श्रीलंका, पाकिस्तान, म्यान्मार, बांगलादेश र अफगानिस्तानले मञ्जुरी दिएको छ ।
 

प्रकाशित : ५ फागुन २०८१, सोमबार 13:45

थप समाचार

समाचार

चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन

द नेप्लिज संवाददाता

मन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च

द नेप्लिज संवाददाता

संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्‍याउनुपर्ने हुन्छ : शेखर कोइराला

द नेप्लिज संवाददाता

वनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी

द नेप्लिज संवाददाता

अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी

द नेप्लिज संवाददाता

विश्व/प्रवास

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved