देशभर चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ — हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यो क्रम राति पनि जारी रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ । यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाले चट्याङसहितको वर्षाले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । नागरिकहरूलाई चट्याङ र वर्षाका समयमा सतर्क रहन, खुला स्थानमा नजान र सुरक्षित स्थानमा बस्न सल्लाह दिइएको छ । साथै किसानहरूलाई कृषि कार्यमा आवश्यक सावधानी अपनाउन र यातायात क्षेत्रका सम्बन्धित निकायहरूलाई सम्भावित अवरोधहरू ध्यानमा राखी पूर्वतयारी गर्न अनुरोध गरिएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares