विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चैत २६ मा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आमसभा गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छैन ।
प्रशासनका अनुसार राप्रपाको अनुमति माग पत्र चैत २२ मा शुक्रबार अपराह्न ४ बजेर २१ मिनेटमा इमेलमार्फत प्राप्त भएको थियो । सोही पत्रको जवाफ दिँदै आइतबार प्रशासनले भृकुटीमण्डपमा अन्य पूर्वनिर्धारित आन्दोलन तथा कार्यक्रमहरू भइरहेकाले उक्त स्थलमा अनुमति दिन नसकिने जनाएको हो ।
शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायतका गतिविधिका कारण सुरक्षा संवेदनशीलता बढेको प्रशासनको भनाइ छ । प्रशासनले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा राप्रपालाई आमसभाका लागि सिफल चौर वा बल्खु क्षेत्र विकल्पका रूपमा प्रस्ताव गरेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares