विराटनगर– विराट गोल्डकपको बुधबार भएको तेस्रो खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लब विजय भएको छ । विराटनगरस्थित सहिद रंगशालामा जारी ९ औं संस्करणको विराट गोल्डकप आर्मी क्लबले आयोजक टिम रिजालको मोरङ एफसीलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
जितको लागि आर्मी क्लबका निरज चौधरीले गोल गर्दै बुधबारको खेलको नायक बने । उनले पहिलो हाफको ३७ औँ मिनेटमा गरेको गोल नै निर्णायक रहयो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए ।
पहिलो गोलपछि दबाबमा परेका रिजालको मोरङ खेलभरि संघर्षरत रहयो । तर सफल हुन सकेन । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा रिजालको मोरङ पहिलो हाफमा १–० ले पछि पर्यो । प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार प्राप्त गरेका हुन् ।
विराट गोल्डकपको चौँथो खेल बिहीबार सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुनेछ ।
खेलकुद
इतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददातातनाव, नाटकीयता र व्यक्तिगत उपलब्धिका कथा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares