विराटनगर– सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहानै यति एयरलाइन्सको विमानमा भैरहवा पुर्याइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटस्थित निवासबाट शुक्रबार राति पक्राउ गरिएको रविलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार अदालत खुलेपछि आवश्यक प्रक्रिया पूरा गरेर कारागार लगिनेछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार रविलाई सुप्रिम बचत तथा सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
शनिबार र आइतबार लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने एसपी रञ्जितसिंह राठौरले जनाएका छन् । ’शनिबार र आइतबार सार्वजनिक बिदा छ, पहिला अदालत पेस गर्नुपर्ने हुन्छ, त्यसपछि कारागार पठाउने हो,’ उनले भने, ‘अब दुई दिन प्रहरी हिरासतमै राख्छौं ।’
सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ । छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ । रवि र छविलाई एउटै ब्लकमा राखिने बताइएको छ ।
सुविधा उस्तै भए पनि ब्लक नं. २ तुलनात्मक रूपमा अलिक फराकिलो छ । यता पक्राउ गरिएको शैलीलाई लिएर कानुनका जानकारहरुले सवाल उठाएका छन् । वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रश्न गरेका छन्,‘लोक कल्याणकारी राज्यले नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’
उनले प्रक्रियागत महत्त्वमाथि जोड दिँदै थपे, ‘उच्चको आदेश जिल्ला अदालतमा जान्छ, जिल्लाले कार्यान्वयनका लागि सम्बन्धित निकायलाई लेखी पठाउँछ, लेखी पठाएको आदेश लिएर प्रहरीले दिउँसोको समयमा व्यक्तिलाई कानूनको नियन्त्रणमा लिन्छ वा व्यक्ति आफैँले सरेण्डर गर्छ।’
उनको अनुसार अदालतको आदेशको पालना र कार्यान्वयन हुनु पर्नेमा त कुनै द्विविधा छैन । ‘के टेक्स्ट र एक्सनमा हाम्रो सङ्गति कहिल्यै नहुने हो ?’ अर्थात उनले अदालतको आदेशमा राति नै पक्राउ गर्नुपर्ने उल्लेख नहुने गरेको बताए ।
यता पक्राउ पुर्जी नलिएरै प्रहरी रविलाई पक्राउ गर्न गएकोप्रति रास्वपाले पनि असन्तुष्टि पोखेको छ । ‘सभापतिको घरमा — त्यो पनि बेडरुमभित्र बसेर जुन किसिमले पुर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले ग¥यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन’, रास्वपाको भनाइ छ ।
यसैबिच नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपालाई रवि गृहमन्त्री हुँदाको अवस्था स्मरण गराएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरीको पुर्जी काट्ने ’रीति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई ’थाह’ नहुने कुरै भएन । तर पनि ’सुधार’को खोजी यस्तै बेलामा हुने त हो नि !
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares