विराटनगर- स्थानीय सचेत नभए सम्म लागूऔषध दुर्व्यसन र यौनजन्य अपराध नियन्त्रण सम्भव छैन । भनिन्छ, 'म बिग्रे परिवार बिग्रन्छ, परिवार बिग्रे समाज बिग्रन्छ, समाज बिग्रे पुरै देश बिग्रन्छ, त्यसैले पहिले 'म सुध्रन जरुरी छ… शुरुवात 'म' बाट, परिवर्तन हामीबाट------'
मोरङको लेटाङका नागरिकले यो कुरा बुझेर लागूऔषध दुर्व्यसन र यौनजन्य अपराधका विरुद्धमा सचेतना मुलक र्याली निकालेका छन् । हरेक घरबाट यसमा सहभागिताले कुलत विरुद्ध बिगुल फुकेको देखिन्छ । सचेत नागरिक समुहले लेटाङ-४ गंगेचौकबाट शनिबार थालेको सामाजिक विकृति विरुद्धको र्यालीमा बाक्लो सहभागिताले पनि 'बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ,' सन्देश दिएको छ ।
लेटाङ भित्रका ३६ विभिन्न संघ संस्था,अभिभावक तथा बुद्धिजीविको उपस्थितिमा 'आफु बचौँ, अरुलाइ पनि बचाऔँ , खुलेर छलफल गरौँ र न्यूनीकरण वा समाधानका उपायहरुको खोजी गरौँ,' भन्ने उदेश्य यो कार्यक्रमले राखेको छ ।
एक अभिभावकले सामाजिक अभियन्ता रुपचन्द्र बिष्टको विचार सँझदै भने, 'केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी ।'
खुल्ला रुप्मा चुरोट, हुक्का बेच्न बन्द गरौँ, शिक्षाको मन्दिर विधालय आसपासमा धूम्रपान मध्यपान नगरौँ, नगराऔँ,' भन्ने उक्त कार्यक्रमको नारा छ । नागरिक समाजका विभिन्न व्यक्तित्वहरुले संवोधन गरेको उक्त कार्यक्रमको समापन अभिभावक बुद्धि चाम्लिङबाट भएको थियो ।
उक्त कार्यक्रममा कुनै पनि पार्टीका प्रतिनिधी तोकेर अथितिको रुपमा बोलाइएको थिएन । एक नागरिक समाजका अगुवाले भने,'दल र नेताको मुख ताकेर अब बस्न सकिन्न, यो स्वयं उठ्ने र अघि बढ्ने बेला हो ।'
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares