विराटनगर- अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको अस्कर अवार्ड समारोहमा यौनकर्मीको कथामा आधारित चलचित्र 'अनोरा' को बर्चस्व रहेको छ ।
यो सिनेमाले सर्वोत्कृष्ट फिल्म, निर्देशन र अभिनय सहित पाँच विधामा पुरस्कार पाएको छ । माइकी मेडिसनले सर्वश्रेष्ठ अभिनेत्री र सीन बेकरले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाए ।
एंड्रिअन ब्रडीले 'द ब्रुटलिस्ट'मा बेजोड अभिनयका लागि सर्वश्रेष्ठ नायकको पुरस्कार प्राप्त गरेका छन् । यो चलचित्रले सर्वश्रेष्ठ सिनेमाटोग्राफ़ीले बेलायतको लल क्राउलीलाई पुरस्कृत गरायो । यो फिल्मले बेस्ट ओरिजनल स्कोरका लागि पनि अस्कर प्राप्त गरेको छ ।
ज़ोय सल्दानाले 'एमिलिया पेरेज' मा बेस्ट सपोर्टिंग एक्ट्रेसको पुरस्कार पाइन् । यो उनको पहिलो अस्कर हो । भावुक हुँदै सल्दानाले भनिन्,' यो पुरस्कार पाउने म पहिलो नभए पनि डोमिनिकी मूलकी पहिलो अमेरिकी हुँ जसले यो सम्मान पाएको छ ।'
ब्राजिलको एक राजनीतिज्ञ रूबेन्स पइवाको वास्तविक बेपत्तामा आधारित चलचित्र 'आई एम स्टिल हेयर' ले सर्वश्रेष्ठ अंतर्राष्ट्रीय फ़ीचरको अवार्ड पाएको छ ।
'ड्यून: पार्ट टू, ले बेस्ट साउंड र बेस्ट विजुअल इफ़ेक्ट्सका लागि अस्कर हात पारेको छ । पहिले पनि नीकै प्रशंसा पाइसकेको यो सिनेमा फ्रयांक हरबर्टको उपन्यास 'ड्यून' मा आधारित हो । विकेड फिल्मले पनि दुई पुरस्कार लिन सकेको छ । ९७ औँ अस्कर अवार्डमा 'नो अदर ल्याण्ड' को सर्वश्रेष्ठ डकुमेन्ट्रीको पुरस्कार पाएको छ ।
लस एन्जलसको आगलागीमा ज्यान गुमाएका पूर्वअस्कर विजेता र चर्चित अभिनेता जीन ह्याकम्यानलाई अस्करमा स्मरण गरियो । अग्नि नियन्त्रकहरुलाई सम्मान सहित मञ्चनमा बोलाइयो ।
साहित्य/कला
प्रगतिशील लेखक संघको अभियान ‘टोलटोलमा साहित्य’
द नेप्लिज संवाददाताजनकपुरधाममा जानकी जन्मोत्सव सुरु, दैनिक श्रीराम कथा वाचनदेखि डोला शोभा यात्रासम्मको तयारी
द नेप्लिज संवाददाताबैसाख २६ गते विराटनगरमा दुर्गेश थापाकाे साङ्गितिक प्रस्तुति
द नेप्लिज संवाददाताआज अक्षय तृतीया र शिव–पार्वती विवाह महोत्सव
द नेप्लिज संवाददातारातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु, सांस्कृतिक उत्सवको माहोल
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares