काठमाडौं — बरामद २५ करोडभन्दा बढी विदेशी मुद्राको सूचना दिनेलाई नेपाल प्रहरीले पुरस्कार स्वरुप ५ करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।
केन्द्रीय प्रहरीका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार सुराक दिनेलाई बरामद रकमको २० प्रतिशत इनाम दिने प्रावधान छ । यस आधारमा सुराकीले करिब ५ करोडभन्दा बढी रुपैयाँ पुरस्कार पाउनेछन् ।
सुराक दिनेको विवरण गोप्य राख्नुपर्ने कानुनी व्यवस्था छ । यो पुरस्कार रकम मुद्दा फैसला भए पछि मात्र निकासा हुन्छ । यो पुरस्कार रकममा कानुन अनुसार कर पनि लाग्छ ।
विदेशी मुद्रा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ सहित प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी–१ बस्ने ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई पक्राउ गरेको हो । रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लग्दै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार मध्यराति नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनले काठमाडौंको टोखा–२ झोरबाट ना७ख १६५२ नम्बरको ट्रकमा फल्स बटमभित्र उक्त रकम लुकाएर चिनीया नाका केरुङतर्फ लग्दै गरेको अवस्थामा बरामद भएको हो ।
पक्राउ परेका कुसाङ लामा ट्रक चालकसँगै भरिया मात्रै भएको र उक्त रकमको असली कारोबारी अर्थात् धनीको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक अनिल घिमिरे नेतृत्वको टोलीले उक्त ट्रकलाई नियन्त्रणमा लिएको थियो । हाल कुसाङ लामाविरुद्ध राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares