विराटनगर– विराट गोल्डकपको आजको खेल विभागीय टोली त्रिभूवन आर्मी क्लव र रिजालको मोरङ एफसीबीच हुने भएको छ । रिजालको मोरङले उद्घाटन खेलमा भारतको साउथर्न समिति फुटवल क्लव कलकतालाई ३–२ ले पराजित गरी विजयी सुरुवात गरेको हो ।
विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ को तेस्रो खेल बुधबार आर्मी क्लव र रिजालको मोरङबीच हुने छ ।
आयोजक समितिका संयोजक नविन रिजालले विराट गोल्डकप हेर्न आउने दर्शकलाई सांस्कृतिक मनोरञ्जन गराएपछि साँझ ६ः३० बजेदेखि फुटवल प्रतियोगिता सुरु हुने बताएका छन् । विराट गोल्डकपको मंगलबार भएको दोस्रो खेलमा विभागीय टोली तथा साविक विजेता एपीएफ फुटवल क्वलले सुदेभा दिल्ली फुटवल क्लवलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको थियो । विराट गोल्डकप फुटवल प्रतियोगिता आयोजक समितिले १० दिनसम्म हुने प्रतियोगिताका लागि १० वटा फुटवल टिमको छनोट गरेको हो ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares