काठमाडौं – कुलमान घिसिङलाई सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरुले माइतीघर मण्डलामा बिहीबार प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाईँदैन,’ ‘कुलमान घिसिङ, हामी तिम्रो साथमा छौं,’ र ‘मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर,’ लगायतका नारा लगाउँदै सरकारको निर्णयको कडा विरोध गरेका थिए ।
प्रदर्शनकारीहरुले कुलमान घिसिङको कार्यकालको अवधीलाई प्रभावकारी र सकारात्मक भएको भन्दै उनलाई हटाउनु भनेको देशको ऊर्जा क्षेत्रमा फेरि अराजकता ल्याउने खतरा रहेको बताएका छन् । राप्रपाले उक्त विरोध प्रदर्शनको माध्यमबाट सरकारलाई जनताको आवश्यकता र मागलाई बुझ्न आग्रह गर्दै व्यवस्थामा सुधारको माग पनि उठाएको छ ।
पार्टीका नेता र कार्यकर्ताहरुले सरकारले जनतालाई उज्यालो र स्थिर विद्युत आपूर्ति दिनुपर्ने र भ्रष्ट निर्णयको खारेज गर्नुपर्ने माग गरेका छन् । राप्रपाको यो विरोध प्रदर्शनले सिंगो देशमा ऊर्जा संकट र सरकारको निर्णयप्रति गम्भीर चिन्ता उत्पन्न गरेको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares