काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाहले शनिबार साँझ नारायणहिटी दरबार परिसरभित्र रहेको चतुव्र्यूह नारायणधाम मन्दिरमा सामूहिक पूजाअर्चना गरेका छन्।
उक्त मन्दिर नारायणहिटी दरबारसँगै जोडिएको छ । यसलाई पूर्वराजपरिवारका सदस्यहरूले नियमित दर्शन र पूजा गर्ने पवित्र स्थलका रूपमा मानिन्छ। यसै मन्दिरको नाममा नारायणहिटी दरबारको नामाकरण गरिएको छ।
पूर्वनवयुवराज हृदयेन्द्र शाह केही दिनअघि अमेरिकाबाट नेपाल फर्किएका हुन्। उनी अमेरिकाको बोस्टनमा अध्ययनरत छन् । विदामा स्वदेश आएका नाति हृदयेन्द्रलाई लिएर पूर्वराजपरिवार उक्त मन्दिरमा आराधना गर्न पुगेको थाहा पाएर नागरिक समाजको भीड लागेका थियो । पूर्वराजपरिवारले स्थानीयसँग संवाद गरिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
#पूर्वराजपरिवार
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares