विराटनगर— सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार साँझ भएको आगलागीमा पाँच परिवारका १० वटा घर जलेर नष्ट हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीयहरूका अनुसार आगलागी स्थानीय बाबुनन्द गोइतको घरबाट सुरु भएको हो । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउनका लागि बालिएको घुराबाट सल्किएको आगो नियन्त्रण बाहिर गएपछि अन्य घरमा पनि फैलिएको थियो ।
स्थानीय बाबुनन्द गोइत, रमानन्द यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घरहरू पूर्णरूपमा जलेर नष्ट भएका छन् । स्थानीय वीरेन्द्रकुमार यादवका अनुसार बाबुनन्द गोइतको एक लाख रुपैयाँ नगदसहित घरभित्र रहेका फर्निचर, लत्ताकपडा, सुनचाँदीलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका निरीक्षक दिनेश अधिकारीले आगलागीबाट ठूलो क्षति भएको पुष्टि गरेका छन् । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी र कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares