विराटनगर- अमेरिकी सेनाले आफ्नो संगठनमा तेस्रोलिंगी (ट्रान्सजेन्डर) व्यक्तिलाई सामेल नगर्ने भएको छ ।
उसले सामाजिक सञ्जाल एक्समार्फत यो आदेश तत्काल लागु भएको जनाएको छ 'अब तेस्रोलिंगीलाई अमेरिकी सेनामा सामेल हुन अनुमति दिइने छैन,' उसले भनेको छ,'सेनामा रहेकाहरूका लागि लिंग परिवर्तन प्रक्रियाहरू पनि बन्द हुनेछ ।'
दोस्रोपटक अमेरिकाका राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्प तेस्रोलिंगीप्रति कठोर दृष्टिकोण राख्छन् ।
राष्ट्रपतिमा नियुक्त भएलगत्तै अमेरिकामा दुई लिंग (महिला र पुरुष)मात्र अस्तित्वमा रहने अडान राखेका थिए । राष्ट्रपतिको पदभार ग्रहण गर्नबित्तिकै उनले जन्मको समयमा लिंगको आधारमा लिंग पहिचान सीमित गर्ने आदेश दिएका थिए ।
ट्रम्पको आदेशविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । तेस्रोलिंगीहरूविरुद्ध भेदभाव र संवैधानिक अधिकारको हनन भएको मुद्दामा उल्लेख छ ।
विश्व/प्रवास
अष्ट्रेलियामा एल्बानीजको चमत्कारी पुनरागमन, लेबर पार्टीको प्रचण्ड जित
द नेप्लिज संवाददाताभारतको पाकिस्तानविरुद्ध नयाँ कदम : सामाजिक सञ्जालदेखि डाक सेवासम्म प्रतिबन्ध
द नेप्लिज संवाददाताइङ्गल्याण्डमा एक विशिष्ट भवनमा आक्रमणको योजना बनाउनेहरु पक्राउ
द नेप्लिज संवाददातालेडी गागाको इतिहासकै ठूलो निशुल्क कन्सर्ट, रियोमा २० लाख दर्शकको उपस्थिति
द नेप्लिज संवाददाताअष्ट्रेलियाको संघीय चुनावमा लिबरल पार्टीको ऐतिहासिक पराजयको कारण खोतलिँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares