विराटनगर- अमेरिकाले आफ्ना नागरिलाई भारत-पाकिस्तान नियन्त्रण सीमा क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ ।
अमेरिकाद्वारा जारी एडबाइजरीमा पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा पनि निषेध गरिएको छ। उक्त क्षेत्रहरूमा आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेको एडवाइजरीमा भनिएको छ ।
एडवाइजरीले भन्छ, 'पाकिस्तानमा अतिवादी समूहहरूले आक्रमण गरिरहेका छन्। बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमणहरू भइरहेका छन्। पूर्व संघीय प्रशासित आदिवासी क्षेत्रहरूमा आक्रमण भइरहेको छ।'
आतंककारीहरूले यातायात केन्द्र, बजार, सपिङ मल, सैन्य प्रतिष्ठान, विमानस्थल, विश्वविद्यालय, पर्यटकीय स्थल, विद्यालय, अस्पताल, धार्मिक स्थलमा चेतावनी बिना नै आक्रमण गरिरहेको जनाइएको छ । विगतमा उनीहरूले अमेरिकी कूटनीतिज्ञ र दूतावासलाई लक्षित गरी आक्रमण गरिएको एडभाइजरीमा उल्लेख छ।
विश्व/प्रवास
अष्ट्रेलियामा एल्बानीजको चमत्कारी पुनरागमन, लेबर पार्टीको प्रचण्ड जित
द नेप्लिज संवाददाताभारतको पाकिस्तानविरुद्ध नयाँ कदम : सामाजिक सञ्जालदेखि डाक सेवासम्म प्रतिबन्ध
द नेप्लिज संवाददाताइङ्गल्याण्डमा एक विशिष्ट भवनमा आक्रमणको योजना बनाउनेहरु पक्राउ
द नेप्लिज संवाददातालेडी गागाको इतिहासकै ठूलो निशुल्क कन्सर्ट, रियोमा २० लाख दर्शकको उपस्थिति
द नेप्लिज संवाददाताअष्ट्रेलियाको संघीय चुनावमा लिबरल पार्टीको ऐतिहासिक पराजयको कारण खोतलिँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares