विराटनगर – बिहेको प्रस्ताव अस्वीकारेको रिसमा एक व्यक्तिले रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरकी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि शनिबार बिहान गोली प्रहार गरेको खुलासा भएको छ । हाल बुटवलमा खाजा पसल सञ्चालन गरिरहेकी टीकाको पुर्ख्यौली थलो पाल्पाको रैनादेवी छहरा गाउँपालिका हो । बिहान करिब ८ बजेतिर भएको गोली प्रहारबाट उनी गम्भीर घाइते भएकी छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाका अनुसार एकतर्फी प्रेममा रहेका व्यक्तिले विहेको प्रस्ताव अस्वीकार भएपछि गोली हानेका छन् । घटनामा संलग्न रहेको आशंकामा आलम अन्सारीको खोजी भइरहेको उनले बताए । परिवार र प्रत्यक्षदर्शीले पनि उनीमाथि शंका गरेका छन् ।
घटनालगत्तै घाइते क्षेत्रीलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ल्याइएको र हाल थप उपचारका लागि चितवन पठाइएको अस्पताल स्रोतले जनाएको छ । डाक्टरका अनुसार गोली उनको कम्मरमा लागेको छ र निकाल्न जटिल भएकाले चितवन ‘रिफर’ गरिएको हो ।
प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको छ । डिएसपी रानाका अनुसार गोली चलाउने युवक नेपाली वा भारतीय नागरिक हुन् भन्ने विषयमा अझै पुष्टि भइसकेको छैन ।
रेडबुल खाएर गोली हानिएको दाबी
एक प्रत्यक्षदर्शीका अनुसार भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा आएका ती युवकले टीकाको खाजा पसलमा अण्डा, चाउचाउ र रेडबुल अर्डर गरेका थिए । खाना खाइसकेपछि उनले रेडबुल पिए र त्यसपछि टीकामाथि गोली चलाए । गोली प्रहारलगत्तै उनी मोटरसाइकल चढेर भागेका थिए ।
स्थानीयवासीका अनुसार ती युवक विगतमा पनि उक्त खाजा पसलमा बारम्बार आउँथे । प्रहरीले पसल वरपरका सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले घटनालाई गम्भीर मान्दै अनुसन्धानलाई प्राथमिकतामा राखेको छ भने महिला विरुद्ध हुने हिंसात्मक घटनाहरूमा कडाइका साथ कारबाही गरिने जनाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares