विराटनगर– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नामको एक्स (पहिलेको ट्विटर) अकाउन्ट दुरुपयोग भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मिस्टर प्रकाश नेपाल नामको अकाउन्ट ‘नक्कली’ तर ‘भेरिफाइड’ रहेको साइबर ब्युरोको अनुसन्धानबाट पता लागेको । ब्युरोको आग्रहमा फेसबुक मुख्य कार्यालयले उक्त अकाउन्टलाई निस्क्रिय बनाएको छ ।
फागुन १ को राति ११ बजेर ३७ मिनेटमा पहिलो पटक ट्वीट गरेको उक्त अकाउन्टले आफूलाई सर्वोच्चको आधिकारीक ह्यान्डल भनेर चिनाएको थियो । अनुसन्धान गर्दा उक्त एक्स ह्यान्डल बेलायतबाट चलाएको खुलासा भएको छ । बेलायत र नेपालको बीचमा पारस्परिक कानुनी सहायता सम्बन्धी द्वीपक्षिय सन्धि (एमएलए) नहुँदा आरोपीलाई सहज रूपमा नेपाल ल्याउने अवस्था नरहेको ब्युरोको एक अधिकृतले बताए ।
पारस्परिक कानुनी सहायता ऐन–२०७० अनुसार द्वीपक्षिय सन्धि हुनुपर्छ । प्रधानन्यायाधीशको नक्कली भेरिफाइड एकाउन्टबाट पछि क्रिप्टो करेन्सीको विज्ञापन प्रसारण भएको थियो । अकाउन्टमा ‘ नेपाल’ नामक टोकनलाई नेपालको नेशन क्वाइनको रूपमा अनुमोदन गरेको झुटो प्रचार गरिएको थियो ।
विज्ञापन प्रकाशनपछि ११ फागुनमा सर्वोच्चका उपरजिस्टार नवीन कुमार यादवले विज्ञप्ति मार्फत सर्वसाधारणलाई नक्कली अकाउन्टबाट भ्रम फैलाइएको अवगत गराएका थिए । केन्द्रीय अनुसन्धान ब्युरो, सीबीआईका एक उच्च अधिकारीले ‘फेक आइडी बनाएर प्रचार गर्नेबारे अनुसन्धान गरिरहेको बताए ।
प्रहरीले आरोपीलाई बेलायतबाट नेपाल ल्याउने प्रयास गरिरहेको छ । द्वीपक्षीय सन्धि अभावमा इन्टरपोलको सहयोगमा आरोपीलाई ल्याउनुपर्ने अवस्था रहेकोले अदालतबाट आदेश लिए पछि इन्टरपोलमा पत्राचार गरिने साइबर ब्युरोका एक प्रशासनिक अधिकृतले बताए ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares