काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि प्रतिबद्धता मात्र देखाएर कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत मन्त्री सिंहलाई प्रश्न गर्दै बालेनले अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउनेजस्ता महत्वपूर्ण योजनाहरू कुरामै सीमित भएको बताएका छन् । उनले सिंहलाई यी योजनाहरू कार्यान्वयन गर्ने बेलाको बारेमा स्पष्ट हुन आग्रह गरेका छन् ।
बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माननीय शहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सँधै कुरामै रह्यो । कहिले गर्ने हो ?’ उनले नेपाली काँग्रेसका वरिष्ठ नेता गणेशमान सिंह, तत्कालीन मेयर पिएल सिंह तथा नेपाली काँग्रेसको ऐतिहासिक योगदानलाई माटोमा नमिलाउन आग्रह गर्दै सरकारलाई कटाक्ष गरेका छन् । साथै उनले आफूलाई पराजित गर्ने प्रयासमा देश, शहर र क्षेत्रलाई नहराउन चेतावनी दिएका छन् ।
बालेनको प्रश्न : मन्त्री सिंहले कहिले देखाउने कार्यान्वयन ?
बालेन शाहको भनाइले सिंह नेतृत्वको मन्त्रालयको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । काठमाडौंबासीका लागि महत्त्वपूर्ण ठानिएका विषयहरू—अव्यवस्थित बस्ती व्यवस्थापन, खोलानाला सुधार, सार्वजनिक सम्पत्तिको संरक्षण—लामो समयदेखि सरकारको प्राथमिकतामा परे पनि ती कार्यान्वयन हुन सकेका छैनन् ।
बालेनले सिंहको प्रतिबद्धता ‘कुरामै सीमित’ रहेको आरोप लगाउँदै अब तिनलाई कार्यान्वयन गर्न चुनौती दिएका छन् । बालेनको भनाइमा नेपाली काँग्रेसको समृद्धि र शहर विकासमा पुरानो योगदान रहेको उल्लेख गर्दै उनले सोही इतिहासलाई सम्मान गर्न आग्रह गरेका छन् । उनका तीव्र टिप्पणीपछि मन्त्री सिंह वा सरकारको औपचारिक प्रतिक्रिया भने आइसकेको छैन ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares