काठमाडौँ — नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनलाई २५ औँ दिनसम्म निरन्तरता दिएको छ । शनिबार सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि महासंघले आन्दोलन जारी राख्ने जनाएको हो । महासंघले आफूहरूको माग पुरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेको छ । काठमाडौँको बिजुलीबजारमा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘शिक्षकको माग पुरा गर’, ‘विद्यालय शिक्षा ऐन जारी गर,’ जस्ता नारा लगाएका थिए ।
शनिबार बिहान सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महासंघ र सरकारबीच वार्ता भएको थियो । शिक्षा मन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्ता कुनै ठोस निष्कर्षमा पुग्न नसकेको महासंघले जनाएको छ ।
महासंघका एक सदस्यका अनुसार पन्तको विचार र अभिव्यक्ति स्वतन्त्रताप्रति सम्मान नराख्ने र आलोचना सुन्ने नसक्ने स्वभाव बारे थाहा भएकोले वार्ता सफल नहुने पूर्वआभाष थियो । संसद, विभिन्न समिति र बैठकको प्रस्तुतिले पन्तको अनुदार छवि जनसामु छताछुल्ल भइसकेको ती शिक्षकले बताए ।
‘एमालेका कठोर नेता पन्तबाट कुनै आश छैन, गठबन्धन सरकारले सहजै माग मान्ला जस्तो छैन, अहिले सम्म त शान्त नै छौं, हेर्दै जाऔँ, आक्रमक रणनीति अख्तियार गर्नुपर्यो भने पनि पछि हट्दैनौं,’ उनले भने । यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीहरूको पठनपाठन सञ्चालन सुनिश्चित गर्न सरकारलाई तीन दिनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । त्यसपछि पनि सरकार र शिक्षक महासंघबीच सहमति नजुटेपछि आन्दोलन जारी रहेको हो ।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares