विराटनगर– हाललाई केवलकार निर्माण स्थगित गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै सरकारले आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गरेको छ ।
स्थानीयको इच्छा विपरित ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण भइरहेको छ । सरकारद्वारा गठित वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन् । अहिले यो विषयमा सडकदेखि सदनसम्म चर्को बहस भइरहेकाले सरकार दबाबमा देखिन्छ । यस अगाडि सम्म सरकार र सरकारमा सामेल दलका अगुवा नेता निर्माण पक्ष तिर ढल्केर बोलिरहेका थिए ।
आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै समाधान गर्न उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने सन्देश उक्त विज्ञप्ति मार्फत दिइएको छ । ‘वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अनुरोध गर्दछु,’भट्टराईको विज्ञप्तिमा उल्लेख छ । यसअघि आन्दोलनरत पक्षसँग विभिन्न चरणमा भएका वार्ता सुखद रहेन । माघ २२ मा भएको वार्ताले केबुलकार निर्माण कार्य तत्काललाई स्थगित गर्ने र माघ २७ मा दोस्रो चरणको उच्चस्तरीय राजनीतिक वार्ता बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।
तर २७ गते गृहमन्त्रालयका सहसचिव भट्टराईकै नेतृत्वमा खटिएको सरकारी टोलीसँग नभइ राजनीतिक संयन्त्रसँग मात्रै बैठकमा बस्ने भन्दै आन्दोलनरत पक्षले वार्ता बहिस्कार गरेका थिए । वार्तामा सहभागि कर्मचारीतन्त्रको निर्णय सरकारले कार्यान्वयन गर्ने आशंका कारणले आन्दोलनरत पक्ष सोझै उच्च राजनीतिक तहसँग वार्ता गर्न चाहेको हो । पाथीभरामा केबुलकार बनाउने विषयमा माघ १२ मा प्रहरी र नो केबुलकार पक्षबीच झडप भएकपछि सिर्जना भएको विवाद एक महिना हुँदासम्म मत्थर हुन सकेको छैन । निरन्तर झड्प भइरहेकै छ । ‘ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानमा सरोकारवाला आयोजना निर्माण पक्षसँग समन्वय गरी आन्दोलनरत पक्षसँग निरन्तर संवाद भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares