२३ असोज २०८२, बिहीबार 09 Oct 2025, Thursday

बुढीगंगाले १९ करोड लागतमा अत्याधुनिक पार्क तथा पिक्निक स्थल निर्माण गर्दै

द नेप्लिज संवाददाता
२१ चैत २०८१, बिहीबार

विराटनगर– मोरङको बुढीगंगा गाउँपालिकाले अत्याधुनिक सुबिधा सम्पन्न पार्क तथा पिक्निक स्थलको निर्माण सुरु गरेको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गाउँपालिकाको गौरबको आयोजनाअन्तर्गत उक्त पार्क तथा पिक्निक स्थलको  बिहीबार सिलान्यास गरेर निर्माण कार्यको शुभारम्भ गरेका हुन् । 

कोइरालाले १९ करोडको गुरुयोजना भएको यो पार्क तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका छन् । उनले गाउँपालिकाको समग्र विकासका लागि गाउँपालिकालाई आफ्नो पूरा साथ र सहयोग रहेकोले अब विदेशी पर्यटक भित्र्याउन थारु महिलाहरुले होमस्टे सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । ‘शिक्षा, स्वाथ्य, भौतिक पूर्वाधार, उद्योगधन्धामा अगाडि रहेको यो गाउँपालिकामा समानता ल्याउन महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बन्नु अपरिहार्य छ,’ उनले भने, ‘यो गाउँपालिकाका महिलाहरु होमस्टे सञ्चालन गर्न तयार हुनुभयो भने मुलुकको उत्कृष्ट होमस्टेहरुको भर्मण गराएर होमस्टे चलाउने ज्ञान प्राप्तीमा साथ र सहयोग गर्न तयार छु ।’ 

गाउँपालिकाले १९ करोडको गुरु योजना बनाएर सिंघीया खोला किनारमा उक्त पार्क तथा पिक्निक स्थल निर्माणका लागि चालू आर्थिक वर्षमा विनियोजन गरेको २ करोड ५० लाख बजेटको टेण्डर गरेर निर्माण कार्य शुभारम्भ गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिब न्यौपानेले विनियोजित बजेटको टेण्डर गर्दा ठेक्केदारले १ करोड ७१ लाखमा ठेक्का सम्झौता गरेको जानकारी दिए । सिंघीया नदीको उकास जग्गा र नरग्राम माध्यमिक विद्यालयको १९ कठ्ठा जग्गा गरी पौने ४ विघामा पार्क निर्माण हुने उनले बताएका हुन् । 

गाउँपालिका अध्यक्ष जीतनारायण थापाले आविद–ठाकुर–एस एण्ड एस जेभी इनरुवाले गत फाल्गुन १५ गते गरेको ठेक्का सम्झौता अनुसार २०८२ मंसिर ३० गतेभित्र निर्माण काम सम्पन्न गर्नुपर्ने समय दिइएको बताएका छन् । ‘गुरुयोजना १९ करोडको भए पनि वर्षेनी विनियोजित बजेटबाट निर्मित भौतिक संरचनाले पार्क सञ्चालन हुने गरी कामको प्राथमिकता क्रम निर्धारण गरेर ठेक्का सम्झौता गरेको छु,’ उनले भने, ‘यो पहिलो ठेक्काअन्तर्गत पर्खाल निर्माण गरी घेराबेरा, सात वटा सटर, क्यान्टिन, वाटर फाउण्टेन पार्क र ५ वटा कटेज निर्माण गरेर ढिलोमा २०८३ सालको नयाँ वर्षबाट पार्क सञ्चालन गर्ने योजना छ ।’ 

अध्यक्ष थापाले पार्क निर्माणमा प्रदेश र संघीय सरकारलाई सघाउन आह्वान गरेको छ । उनले प्रदेश र संघीय सरकारले पार्क निर्माणमा सघाउने आश्वासन दिएकोले निर्माण कार्य सुरु गरेको बताए । यो पार्क निर्माण भएसँगै बुढीगंगा गाउँपालिकाले पर्यटन व्यवसायमासमेत फड्को मार्ने विश्वास व्यक्त गरे । 

प्रकाशित : २१ चैत २०८१, बिहीबार 19:27

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved