विराटनगर– आज १२ वैशाख २०८२ (२५ अप्रिल २०२५) । विश्व औलो दिवस र अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस मनाइँदैछ । यस अवसरमा विश्व स्वास्थ्य संगठनले ‘औलोको अन्त्य हामीबाट सुरू हुन्छ : पुनः लगानी गरौं, पुनः परिकल्पना गरौं, पुनः जागरूक बनौं’ भन्ने नाराका साथ औलो अन्त्यका प्रयासलाई थप गतिशील बनाउन विश्वव्यापी आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघले भने अन्तर्राष्ट्रिय प्रतिनिधि दिवसमार्फत बहुपक्षीय कूटनीतिमा राष्ट्रहरूको प्रतिनिधिको भूमिकालाई सम्मान गर्दै शान्ति र सहकार्यको सन्देश प्रवाह गरेको छ ।
औलो अन्त्यका लागि विश्व स्वास्थ्य संगठनको नयाँ रणनीति
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले औलो अन्त्यका लागि दृढ राजनीतिक प्रतिबद्धता, दीगो लगानी, बहुपक्षीय समन्वय र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । उनका अनुसार सन् २००० यता करिब १ करोड ३० लाख मानवको ज्यान औलोबाट जोगाइएको भए तापनि अफ्रिकी क्षेत्रका साना बालबालिका र गर्भवती महिलाहरू अझै पनि अत्यधिक जोखिममा छन् । यस वर्ष, संगठनले ‘औलोको अन्त्य हामीबाट सुरू हुन्छ’ भन्ने मूल नारासहित विश्वव्यापी अभियान सञ्चालन गरेको छ जसले नीति निर्माणदेखि समुदायस्तरसम्म सबै तहमा प्रयासहरूलाई पुनः सक्रिय पार्न आह्वान गरेको छ ।
अफ्रिकामा औलो विरुद्धको खोप अभियान
नाइजेरियाले हालै ६ महिनादेखिका बालबालिकालाई औलो विरुद्धको खोप दिन थालेको छ । उक्त खोपले पहिलो वर्षमै ७५ प्रतिशतसम्म सफलता दिएको देखिएको छ भने थप मात्रा दिएपछि यसको प्रभावकारिता अझै बढ्ने अपेक्षा गरिएको छ । नाइजेरियाका स्वास्थ्य मन्त्री डा. मुहम्मद अली पाटेले यस कदमलाई औलो अन्त्य अभियानमा एक ‘ऐतिहासिक उपलब्धि’ भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस : बहुपक्षीय कूटनीतिक सेवाको सम्मान
२ सयभन्दा बढी राष्ट्रहरू आवद्ध रहेको संयुक्त राष्ट्रसंघको आधारभूत जग २५ अप्रिल १९४५ मा सान फ्रान्सिस्कोमा आयोजित सम्मेलनबाट राखिएको थियो । सोही सम्मेलनको सम्झनामा सन् २०१९ मा संयुक्त राष्ट्रसंघ महासभाले २५ अप्रिललाई अन्तर्राष्ट्रिय प्रतिनिधि दिवसका रूपमा घोषणा गरेको हो । यस दिवसले राष्ट्रसंघका सदस्य राष्ट्रहरूको स्थायी प्रतिनिधिको भूमिकालाई सम्मान गर्दछ जसले विश्वमै शान्ति, सहयोग र विधिको शासन स्थापनामा योगदान पुर्याउँदै
आएका छन् ।
आजको दिनले सार्वजनिक स्वास्थ्य र अन्तर्राष्ट्रिय कूटनीतिक सहकार्यको आवश्यकता र महत्वलाई पुनः स्मरण गराउँछ । औलो अन्त्यका लागि दीगो लगानी, नीतिगत प्रतिबद्धता र स्थानीय सहभागिता अनिवार्य छन् भने राष्ट्रहरूको प्रतिनिधिले विश्व शान्ति र सहयोगमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares