विराटनगर– अर्थ मन्त्रालयले स्वास्थ्य बिमाको भुक्तानी एवं स्वास्थ्यसँग सम्बद्ध कार्यक्रमका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उक्त रकम निकासा निर्णय गरेका हुन् । यो रकममा स्वास्थ्य बिमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकको उपचार लगायतका लागि ६० करोड र मुटु रोगका बिरामीलाई निशुःल्क उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको भागमा २४ करोड रुपैयाँ परेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको पनि बताएका छन् । काठमाडौँमा नेपाल चिकित्सक संघको ७५ औँ स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारी र निजी दुवैमा चिकित्सक र नर्सहरुको पारिश्रमिक बढाउने गरी सरकार अघि बढिरहेको विश्वास दिलाएका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares