विराटनगर– — इरानको एक प्रमुख बन्दरगाहमा शनिबार बिहान भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ। दक्षिणी इरानस्थित शाहिद रजाई बन्दरगाहमा भएको उक्त विस्फोटमा ८ सय जना घाइते भएका छन् भने ६ जना अझै बेपत्ता रहेका छन्।
बीबीसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विस्फोटको तीव्रताले वरपरका भवनका झ्याल र छाना उडाएको र गाडीहरू समेत नष्ट भएको छ। स्थानीय बासिन्दाले विस्फोटको झड्का ५० किलोमिटर टाढासम्म महसुस गरिएको बताएका छन्।
घटनाको कारणबारे आधिकारिक विवरण नआएको भए पनि प्रारम्भिक अनुसन्धानका आधारमा बन्दरगाहमा राखिएको विस्फोटक सामग्रीमा आगलागी भएर ठूलो विष्फोट भएको अनुमान गरिएको छ। राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको अधिकारीहरूले जनाएका छन्।
शाहिद रजाई बन्दरगाह इरानको सबैभन्दा ठूलो र मुख्य वाणिज्यिक बन्दरगाहमध्ये एक हो, जहाँ ठूलो मात्रामा आयात–निर्यात गतिविधि सञ्चालन हुँदै आएको छ।
विश्व/प्रवास
अष्ट्रेलियामा एल्बानीजको चमत्कारी पुनरागमन, लेबर पार्टीको प्रचण्ड जित
द नेप्लिज संवाददाताभारतको पाकिस्तानविरुद्ध नयाँ कदम : सामाजिक सञ्जालदेखि डाक सेवासम्म प्रतिबन्ध
द नेप्लिज संवाददाताइङ्गल्याण्डमा एक विशिष्ट भवनमा आक्रमणको योजना बनाउनेहरु पक्राउ
द नेप्लिज संवाददातालेडी गागाको इतिहासकै ठूलो निशुल्क कन्सर्ट, रियोमा २० लाख दर्शकको उपस्थिति
द नेप्लिज संवाददाताअष्ट्रेलियाको संघीय चुनावमा लिबरल पार्टीको ऐतिहासिक पराजयको कारण खोतलिँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares