काठमाडौँ– आन्दोलनरत शिक्षक महासंघले सरकारले बोलाएको वार्ताको औचित्य नरहेको बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई बिहीबार वार्ताका लागि आह्वान गरेको छ ।
‘पहिले नै वार्तामा बसेर सहमति गरिसकेका छौं । फेरि वार्ता र सहमति जरुरी छैन,’महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले भने, ‘ऐन जारी गर्ने भएमात्र मन्त्रालय जान्छौं । सहमति र छलफलको आवश्यक छैन ।’ शिक्षा ऐन जारी गर्न माग गर्दै दुई महिनादेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । देशभरिबाट जुटको गुरुगुरुआमाले बुधबारदेखि अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् ।
यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भइ सकेको छ । उक्त सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन् । शिक्षकको यति महत्वपूर्ण एजेण्डामा समग्र सरकारसँगै शिक्षामन्त्रालय पनि संवेदनशील नदेखिएको जानकारहरुको भनाइ छ ।
मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा छलफलमार्फत साझा धारणा बनाउन सकिनेमा जोड दिइएको छ । ‘शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेसा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
विद्यालय शिक्षा विधेयक हाल संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलक्रममा छ । तर संसद्को हिउँदे अधिवेशन चैत १९ गते अन्त्य गरियो । अर्को अधिवेशन (संसद् बैठक) आह्वान गरिएको छैन ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares