२९ साउन २०८२, बिहीबार 14 Aug 2025, Thursday

ब्लु डाइमण्ड शोसाइटीले ‘इलगा एसिया सम्मेलनको सन्देश’ साझा गर्दै

द नेप्लिज संवाददाता
२८ साउन २०८२, बुधबार

विराटनगर– ब्लु डायमण्ड शोसाइटी काठमाडौंले फेब्रुअरी २४ मा सम्पन्न इन्टरनेशनल लेस्वियन गेय एशोसिएशन एसिया सम्मेलनको सन्देश सरोकारबालाहरुका बीच साझा गर्ने अभियान सञ्चालन गरेको छ । राइट हियर राइट नाउ विराटनगरको सहयोगमा ब्लु डायमण्ड शोसाइटी काठमाडौंले एक कार्यक्रमको आयोजना गरी सम्मेलनको सन्देश साझा गरेको हो । 

ब्लु डायमण्डले सम्मेलनको नौं बुंदे सन्देश जनप्रतिनिधि, सरकारी निकाय, गैर सरकारी संघ संस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी, सञ्चारकर्मीलगायत सरोकारबालाहरुसँग साझा गरेको छ । ब्लु डायमण्ड सोशाइटी काठमाडौंकी पीटर तामाङ्ले बच्च जन्मिदा छोरा, छोरी मात्रै नभई समलिंगी, अन्तरलिंगी, पारालिंगीसमेत जन्मिने गरेको विषयमा सहभागीहरुलाई साक्षात्कार गराएका थिए । ‘बच्चा जन्मिदा महिला र पुरुष मात्रै नभई समलिंगी अन्तरलिंगी, पारालिंगीसमेत जन्मिने गर्छन्,’ उनले भने, ‘बच्चा जन्मिने बितिकै लैंगिक पहिचान दिँदा पारालिंगी बच्चाहरुको उमेर बढ्दै जाँदा लैंगिक पहिचानको समस्या हुने गरेको छ ।’ 

पारालिंगी बच्चाहरु सुरुमा हेर्दा छोरा वा छोरी जस्तो देखिने तर उमेर बढ्दै गएपछि छोरी वा छोराको जस्तो व्यवहार प्रदर्शन गर्दै आफूलाई ट्रान्स वुमेन वा मेनको परिचय अर्थात् पहिचान स्थापित गर्ने गरेको पिटरको भनाइ थियो । उनले यस्तो बच्चालाई सुरुमा नै लैंगिक पहिचान दिँदा जन्म दर्ता, नागरिकतामा लिंग पहिचानको पछि गएर समस्या झेल्नु परेको सुनाए । समलिंगी वा पारालिंगीलाई तेस्रो लिंगी भन्दा अस्वभाविक वा विभेदजन्य व्यवहारको अनुभूति हुने गरेको पिटरले गुनासो पोखेका थिए । 

राइट हियर राइट नाउ विराटनगरकी मुस्कान श्रेष्ठले ट्रान्सजेन्डर व्यक्तिलाई सानैमा लैंगिक पहिचान दिँदा पछि राष्ट्रिय पहिचान प्राप्तीमा निकै झमेला व्यहोर्नुपरेको गुनासो पोखिन् । ‘ट्रान्सजेन्डर व्यक्ति सुरुमा परिवारको इज्जत, समाजिक बहिष्करणको डरले खुल्न नसकेकोले समस्या झेल्नु परेको छ,’ उनले भनिन्, ‘पुरुष र महिला छुट्याउनु भन्दा पनि जैविक लिंगलाई समाजले स्विकार गरिदिँदा सम्मानपूर्वक बाँच्न र जीवनयापन गर्न ट्रान्सजेन्डर व्यक्तिलाई सहजत हुन्छ ।’ यो संसारमा जन्मिने जुनसुकै लिंग भएका प्रत्येक बच्चालाई सम्मानपूर्वक बाँच्ने अधिकारका लागि सबैलाई एकजुट भई आवाज उठाउनु अपरिहार्य भएको श्रेष्ठको भनाइ थियो । 

हिन्दु धर्मशास्त्रमा पनि ‘किन्नर’को बारेमा अनेकौं प्रसंग रहेकोबाट पनि समलिंगी, अन्तरलिंगी, पारालिंगीको अस्तित्व पौराणिक कालदेखि रहेको विषयलाई समाजले सहर्षरुपमा स्विकार गर्नुपर्नेमा श्रेष्ठको जोड थियो । उनले कतिपय देशमा किन्नर अर्थात् समलिंगी, अन्तरलिंगी, पारालिंगीलाई देउताको रुपमा मान्ने गरेको सुनाइन् ।  

ब्लु डायमण्डको सहकार्यमा काठमाडौंमा इन्टरनेशनल लेस्वियन गेय एशोसिएशन एसिया सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलनमा सहभागिताका लागि तोकिएको शुल्क घटाउनु पर्ने, इन्टरसेक्स व्यक्तिहरुको अस्तित्व र अधिकारलाई प्रवद्र्धन गर्न तथा आवाज बुलन्द गर्न ‘इन्टरसेक्स राइटस आर ह्युमन राइटस’ भन्ने आन्दोलनलाई समर्थन गर्नेलगायत नौ बुंदे सन्देश जारी गरेको छ । अब अर्को इन्टरनेशनल लेस्वियन गेय एशोसिएशन एसिया सम्मेलन फिलिपिन्समा हुन गइरहेको छ । 

प्रकाशित : २८ साउन २०८२, बुधबार 20:02
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved