विराटननगर– सिरहाको नवराजपुरकी रिंकु सदायको शंकास्पद मृत्युको विषयमा थप अनुसन्धान गरेर यथार्थ पता लगाउन मधेश प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वको यो समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारी सम्मिलित छन् । समिति आज (मंगलबारै) घटना स्थलमा पुगेर अनुसन्धान थालेको उक्त कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुहोस् : रिंकुको सामूहिक बलात्कार र रहस्यमय मृत्युमा सरकार किन मौन ?
माघ ३० मा सिरहाको नवराजपुर–१ भवगतीपुर टोलका बिजुलिया सदायका १७ वर्षीया छोरी रिंकु घरको टिनको छानोमा पासो लगाएर झुण्डिएको फेला परेकी थिइन् । घटना हुनुअघि माघ २७ को राति उनीसँग स्थानीय तीन युवकले सामूहिक बलात्कार गरेको र यो अपराधलाई ढाकछोप गर्न पञ्चायत बोलाएर आर्थिक लेनदेनमा मिलाउने प्रयास भएकोे सार्वजनिक भएको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares