रुकुम पश्चिम — ‘कुकुर्नी’ भन्ने नामले जीवनभर झेलेको अपहेलनाबाट मुक्तिका लागि सानीभेरी गाउँपालिका–३ की एक महिलाले लिइरहेकी कानुनी पहिचान अब परिवर्तन भएको छ। अब उनी कमला बिटालुको नाममा चिनिनेछिन्।
रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयले पुरानो अपमानजनक नाम ‘कुकुर्नी कामी’ हटाएर नयाँ नाम ‘कमला बिटालु’ कायम गर्दै नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिएको हो। नाम परिवर्तनको निवेदन आएपछि कार्यालयले सम्बन्धित प्रक्रिया पूरा गरेर नयाँ प्रमाणपत्र प्रदान गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार ती महिलाले ‘कुकुर्नी’ नामकै कारण आफू सधैँ हिनताबोधमा परेको र सामाजिक रूपमा अपहेलित महसुस गर्नुपरेको भन्दै नयाँ नाम राख्न अनुमति मागेकी थिइन्। ‘उनको माग मानवीय दृष्टिकोणले एकदमै उचित थियो,’ रेग्मीले भने, ‘त्यसैले कानुनी प्रक्रिया पुर्याएर नाम सच्याइएको हो।’
देशमा अझै पनि जात, थर वा परम्परागत नामका आधारमा अपहेलनाको सिकार बन्ने धेरै मानिसहरू छन्। यस्तो अवस्थामा एउटा महिलाले आफ्नो पुरानो पहिचानलाई अस्वीकार गर्दै आत्मसम्मानका साथ नयाँ परिचय रोज्नु, समाजको सचेत रूपान्तरणतर्फको संकेत पनि हो।
कमलाको निर्णयले केवल उनको नाम होइन, एक प्रकारको सामाजिक व्याख्या पनि बदलिएको छ—जहाँ पहिचान अब गरिमा र आत्मसम्मानको आधारमा बनाइन्छ, न कि परम्परागत अपमानजनक शब्दहरूबाट।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares