विराटनगर– सुनसरीको देवानगञ्जमा भएको गोली प्रहारको घटनामा सोमबार साँझ तीन जना घाइते भएका छन् । देवानगञ्ज गाउँपालिका–७ मा तीन राउन्ड गोली चल्दा शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव घाइते भएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ वर्षीय शिवकुमार मेहताको अवस्था गम्भीर छ । पेटमा गोली लागेको मेहताको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टु यादवको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रहरीका अनुसार देवानगञ्ज–७ का कामेश्वर यादवले सानो हतियार प्रयोग गरी तीन राउन्ड गोली चलाएका थिए । प्रारम्भिक अनुसन्धानमा पिन्टु यादवले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमार मेहतामाथि निशाना बनाइ गोली प्रहार गरिएको खुलेको छ ।
प्रहरीका अनुसार साँझ साढे छ बजेतिर देवानगञ्ज बजार पुग्नेबित्तिकै शिवकुमारमाथि गोली प्रहार भएको थियो । हालसम्म गोली चलाउने कारण पुष्टि हुन सकेको छैन । घटना पछि फरार कामेश्वर यादवको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा आपसी वैरभाव वा दुस्मनीको कारण हुनसक्ने संभावना प्रहरीले व्यक्त गरेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares