काठमाडौं– सरकारले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजक र सविन महर्जनका परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार गृहमन्त्रीस्तरीय निर्णयमार्फत मृतकका परिवारलाई राहत दिने निर्णय गरिएको हो ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार सुरेश रजक आगोमा परेर जलेका थिए भने कीर्तिपुरका सविन महर्जनलाई गोली लागेको थियो ।
यस घटनाले सामाजिक र राजनीतिक वृत्तमा चर्चा पाएको छ । सरकारको निर्णय पीडित परिवारका लागि राहत भए पनि यस घटनाका दोषी पहिचान गरी कानूनी कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares