– ईश्वर रेग्मी, संयुक्त अरब इमिरेट्स
आश थियो, त्यो भोटको थियो,
न कि नोट र चापलुसीको थियो।
आश थियो, समृद्ध नेपालको सपना थियो,
न कि भूकम्पपछिको जस्ता र त्रिपालको बाँडफाँड थियो।
आश थियो, बोल्न र लेख्न पाउने स्वतन्त्रताको,
न कि बेथिति बोलेकै भरमा थुनिने चाबीको थियो।
आश थियो, डाँडापाखामा पर्यटकको लस्कर लाग्ने,
न कि मानव तस्करीको थियो।
आश थियो, स्वदेशी उद्योग– गलैंचा र राडीमा रोजगारीको,
न कि पसिना बेच्न खाडी पुग्नुपर्ने बाध्यताको थियो।
आश थियो, 'सुखी नेपाली, समृद्ध नेपाल' को,
न कि नचिनिने ऐनभित्र लुकेको भ्रष्टाचारको थियो।
आश थियो, एक सानो रहरको,
न कि टाढाको परदेशी सहरको थियो।
आश थियो, आस्थाको, परिवर्तनप्रतिको भरोसाको,
न कि बेवास्ता, धोका र झूटको थियो।
आश थियो, एउटै मात्राको – साझा भविष्यको,
न कि कुर्सी र सत्ता खोज्ने राजनीतिक जात्राको थियो।
#आश
साहित्य/कला
वरिष्ठ सर्जक गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा अत्येष्टि
बाँसको भवनमा मुन्दुमको आत्मा : खोटाङमा अन्तर्राष्ट्रिय कला संग्रहालय निर्माण हुँदै
द नेप्लिज संवाददाताबकर ईद धूमधामसँग मनाइँदै, मस्जिदमा मुस्लिम धर्मावलम्बीको घुइँचो
द नेप्लिज संवाददाताआरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव सुरु
द नेप्लिज संवाददाताआरोहण गुरुकुलको विराट वाङ्मय उत्सव सम्पन्न
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares