विराटनगर– इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको वसरमा नेपाल सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गरी इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।
महिना दिनदेखि रोजा (उपवास) बस्दै आएका इस्लाम धर्मावलम्बीहरुले आइतबार चाँद (चन्द्रमा) देखेको खुशीयालीमा सोमबार इद उल फित्र पर्व धुमधामका साथ मनाउने तयारीमा जुटेका छन् । यो वर्षको रमजानमा २९ दिन उपवास बसेपछि इस्लाम धर्मावलम्बीहरुले आइतबार चाँद हेरेका छन् । चाँद हेरेको भोलीपल्ट इद पर्व मनाउने परम्परा छ । साउदी अरेबीयामा शनिबार नै चाँद देखिएपछि आइतबार इद पर्व मनाइसकेका छन् ।
चाँद हेरेको खुशीयालीमा आइतबार बजारमा विभिन्न सामग्ी खरिद गर्ने इस्लाम धर्मावलम्बीहरुको भीड लागेको थियो । उनीहरुले नयाँ लुगा, सुनचाँदीका गहनालगायत केमामी सेबईलगायतका परम्परागत परिकार बनाउने सामग्री खरिद गरेको विराटनगरका मो. इझारुलले बताएका छन् ।
इद पर्वको अवसरमा सोमबार बिहान स्नान गरेपछि धार्मिक विधि ओजू (हात, मुख, अनुहार, टाउँको र खुट्टा धुने) गरेपछि नयाँ लुगा लगाएर इदगाहमा गएर नवाज पढ्ने परम्प्रा रहेको इझारुलले बताएका हुन् । नवाज पढेपछि एकआपसमा अंगालो हालेर खुशी सटासाट गर्छन् । त्यसपछि घर फर्केर परम्परागत परिकारहरु केमामी सेबइ, माशु, पुलाउलगायतका फलफूल एकसाथ मिलेर खाने चलन छ ।
साहित्य/कला
वरिष्ठ सर्जक गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा अत्येष्टि
बाँसको भवनमा मुन्दुमको आत्मा : खोटाङमा अन्तर्राष्ट्रिय कला संग्रहालय निर्माण हुँदै
द नेप्लिज संवाददाताबकर ईद धूमधामसँग मनाइँदै, मस्जिदमा मुस्लिम धर्मावलम्बीको घुइँचो
द नेप्लिज संवाददाताआरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव सुरु
द नेप्लिज संवाददाताआरोहण गुरुकुलको विराट वाङ्मय उत्सव सम्पन्न
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares