बंगालको प्रभाव र स्थानीय मौसमी उतारचढाव
प्रमुख बुँदाहरू :
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने
चट्याङ र मेघगर्जनसहित वर्षाको सम्भावना
कृषि र यातायातमा असरको चेतावनी
काठमाडौँ — हाल नेपालमा स्थानीय वायु प्रणालीको प्रभावसँगै बंगालको खाडी र भारतको उत्तर प्रदेश आसपासको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव सक्रिय रहेको छ । यसले गर्दा आज देशभरको मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली र कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशको केही भागमा हल्का वर्षा भइरहेको छ ।
मौसमी चेतावनी : आज विशेषगरी कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । साथै देशभरका पहाडी र केही तराई क्षेत्रहरूमा पनि मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ । उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
जनजीवनमा सम्भावित असर : यो मौसमी अवस्थाले कृषि, दैनिक जनजीवन, सडक यातायात, स्वास्थ्य सेवा र आन्तरिक हवाई उडानहरूमा उल्लेखनीय असर पार्न सक्छ । विशेषगरी पूर्वी नेपालका पहाडी तथा हिमाली क्षेत्रका स्थानीयवासी, यात्रुहरू र किसानहरूलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सतर्कता अपनाउन आग्रह : महाशाखाले चट्याङ, पहिरो, बाढी, र हावाहुरीबाट बच्न आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ । चट्याङबाट जोगिन विद्युतीय उपकरण नछुने, ठूलो रूख वा बिजुलीको पोल नजिक नबस्ने तथा यात्रा गर्नुअघि मौसम अपडेट हेर्न सुझाइएको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares