काठमाडौँ — चैत १५ मा काठमाडौँको तीनकुनेमा राजसंस्था पुनःस्थापनाको मागसहित गरिएको शान्तिपूर्ण प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे गम्भीर मानवअधिकार हननको आरोप उठेपछि संयुक्त जनआन्दोलन परिचालन समितिले स्वतन्त्र नागरिक छानबिन आयोग गठन गरेको छ ।
नागरिक समाजका विशिष्ट व्यक्तित्व तथा संघसंस्थाहरुको सामूहिक पहलमा गठित आयोगको संयोजक वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीलाई तोकिएको छ । समितिका अनुसार सो घटनापछि राष्ट्रिय मानवअधिकार आयोग वा सरकारले कुनै स्वतन्त्र छानबिन नगरेको अवस्थामा नेपालको अन्तर्राष्ट्रिय छवि प्रभावित भएको भन्दै आयोग गठनको प्रस्ताव गरिएको थियो ।
काठमाडौँमा बुधबार सम्पन्न एक विशेष भेलाले आयोग गठनको निर्णय पारित गरेको जनाउँदै संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले यसबारे औपचारिक जानकारी दिएका हुन् । नागरिक छानबिन आयोगमा पूर्वएआईजी रविराज थापा (सुरक्षा क्षेत्र), डा. रामप्रसाद उप्रेती (चिकित्सा क्षेत्र), मानवअधिकार विषयमा विद्यावारिधि गरेका डा. ज्ञान बस्नेत (मानवअधिकार क्षेत्र), र अधिवक्ता हरि कट्टेल सदस्यका रूपमा समावेश छन् ।
यस आयोग गठनका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङ, ‘राष्ट्रिय शक्ति नेपाल’का संयोजक केशरबहादुर बिष्ट, पर्यटन व्यवसायी तथा समाजसेवी भरत बस्नेत, किशोरी महतो, प्रा.डा. रत्नकमल वैद्य, आरबी बस्नेत, मानवअधिकार म्याग्ग्रामिट २०११ का संयोजक सुरेश आचार्य, रमा सिंह, अस्मिता भण्डारी, पूर्व प्रशासक हरिबहादुर बस्नेत, राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेशबहादुर सिंहसहित ३९ संघसंस्था र प्रबुद्ध व्यक्तिहरूले हस्ताक्षर गरेका थिए ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares