विराटनगर– उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि रुसी महासंघका राजदूत एलेक्सी नोभिकोभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्धका विविध आयामहरू तथा नेपाल–रूस सम्बन्धको सुदृढीकरणका लागि आगामी सम्भावित सहकार्य सम्बन्धमा महत्वपूर्ण छलफल भएको थियो । उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र रुसी महासंघबीच कूटनीतिक सम्बन्ध स्थापना भए यता सुमधुर मित्रवत् सम्बन्ध रहिआएको स्पष्ट पारेका थिए । ‘हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छ,’ उनले भने, ‘नेपालले रूससँगको साझेदारीलाई विशेष महत्व दिएको छ ।’
उनले नेपालमा पूर्वाधार तथा मानव संसाधन विकासमा रूसले लामो समयदेखि सहयोग पु¥याउँदै आएको स्मरण गर्दै आगामी दिनहरूमा द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् । ‘नेपाल–रूस सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमणहरूको आदानप्रदानले महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनहरूमा नयाँ आयाम थपिँदै द्विपक्षीय सम्बन्धलाई सशक्त बनाउनुपर्छ,’ उनले भने, ‘नेपाल–रूस साझेदारी वाणिज्य, प्रविधि, शिक्षा तथा सांस्कृतिक सहकार्यको क्षेत्रमा विस्तार गर्न सकिने र नेपाल सरकार त्यसका लागि सक्रिय रूपमा पहल गरिरहेको छ ।’ उपराष्ट्रपति यादवले आगामी रूस दिवसको अवसरमा राजदूतमार्फत रूसी जनताको सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन् ।
नेपालका लागि रुसी महासंघका राजदूत एलेक्सी नोभिकोभले नेपाल–रूस सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य र आपसी संवादलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares