विराटनगर– भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)ले प्रकृति लम्सालको संझनामा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
कलेजले बिहीबार सूचना जारी गर्दै लम्सालको सम्मान र संस्मरणका लागि विशेष छात्रवृतिको घोषणा गरेको जनाएको छ ।
यहीँ फागुन ४ मा केआइआइटीको होस्टलमा झुन्डिएको अवस्थामा भैरहवाकी लम्सालको शव फेला परेको थियो । उनको बुधबार राति नै नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ । यो क्रममा केआईआईटीका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकालाई भेटेर प्रकृति राम्रो विद्यार्थी भएको र उनीजस्ता अन्य विद्यार्थीलाई पढ्ने वातावरण प्रभावकारी बनाउन छात्रवृत्तिको घोषणा गरिएको जनाइएको छ ।
सामन्तले नेपाली दूतावासका काउन्सिलरहरूसँग पनि भेट गरेको, नेपालका परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग फोन संवादमा यस विषयमा गरिएका कारबाहीहरूको बारेमा जानकारी गराएका थिए । उडिसा राज्यका शिक्षामन्त्री सूर्यवंशी सुरजले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितताको प्रतिबद्धता जनाएका छन् । उनले सुरक्षाका लागि २४ सै घण्टा सञ्चालन हुनेगरी हेल्पडेस्क राख्ने बताएका छन् ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares