विराटनगर– विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल स्थापनाको २५ वर्ष पुगेको अबसरमा भदौ ८ गते रजयत जयन्ती मनाउँदै छ । अस्पताल संस्थापक डा. बिरेन्द्रकुमार बिष्टले बेलायतबाट चिकित्सा शिक्षा अध्ययन गरेर फर्केपछि १५ जना स्वास्थ्यकर्मी र कर्मचारीको सहयोगमा २०५७ साल भदौ ८ गते १० शय्याको अस्पताल विराटनगरमा सुरु गरेका थिए । उनले १० शय्याबाट सुरु गरेको उक्त अस्पताल २५ वर्षमा भव्य भौतिक संरचनामा १५० शय्यामा अत्याधुनिक उपकरणका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै छ । अस्पताललाई अब २५० शय्या क्षमतामा स्तरोन्नति गरी सञ्चालन गर्ने तयारी गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताएका छन् ।
डा. बिष्टले नेपालमा पहिलो पटक न्यूरोलोजीको ओपिडी तथा आईपिडी सेवा प्रदान गर्न स्थापना गरेको १० शय्याको अस्पतालको तत्कालिन बेलायति राजदुत रोनाल्ड पिं नासबाट उद्घाटन भएर २५ वर्ष अगाडि सञ्चालनमा ल्याएका थिए । उक्त अस्पताललाई २०६२ साल असोज १ गते न्यूरो अस्पतालमा रुपान्तरण गरेर सेवा विस्तार गरेका थिए ।
अपरेशनल डाइरेक्टर भट्टराईका अनुसार अस्पतालमा २०६२ सालमा तोसिबा ब्राण्डको सिटी स्क्यान मेशिन भित्र्याउनुका साथै २०६३ सालमा स्त्री रोग तथा प्रसुति सेवा विस्तार गरेर अस्पतालको सेवा थप विस्तार गरिएको थियो । २०६७ सालमा निजीस्तरबाट पहिलो न्यूरो सर्जरी सेवा सुरु गर्नुका साथै २०६८ सालमा पहिलो पटक १६ स्लाइसको सिटी स्क्यान मेसिन र २०६९ सालमा सिमेन्स कम्पनीको एमआरआई मेसिन भित्र्याएर अस्पतालको सेवा विस्तार गरिएको थियो । जसले यस क्षेत्रका बिरामीलाई एमआरआई गराउन काठमाडौं तथा भारत जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै सेवा सुरु गरेको थियो ।
न्यूरो अस्पताललाई २०७० सालमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलमा परिणत गरी जनरल सर्जरी, नाक, कान, घाँटी, आँखा रोग, मानसिक रोग, जनरल मेडिसिनलगायतका सेवाहरुको विधिवत सुरुवात गर्दै बिशिष्टिकृत सेवा बिस्तार गरिएको हो । अस्पतालले २०७१ सालमा क्याथल्याब स्थापना गरेर मुटु रोगको उपचार सेवालाई सहज र सुलभ रुपमा यस क्षेत्रका बिरामीका लागि सुरु गरियो । कोभिड महामारीमा अग्रपंक्तिमा स्वास्थ्य सेवा प्रवाह गरेको यस अस्पतालले २०८० सालमा विश्व बिख्यात जनरल इलेक्ट्रिक कम्पनीको एमआरआई र २०८१ सालमा नेपालमा नै पहिलो पटक १२८ स्लाइसको एआई पावर्ड सिटी स्क्यान भित्र्याएर अस्पतालको सेवालाई परिष्कृत गर्दै बिरामीको बिशिष्टिकृत उपचार सेवामा समर्पित भएको भट्टराईले बताएका हुन् ।
सुरुवाती समयमा थोरै बिरामीबाट सेवा सुरु गरेको यस अस्पतालले २५ वर्षको अवधिमा २५ लाख नेपाल र सीमावर्ति भारतीय बिरामीलाई उच्च गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको छ । यस अबधिमा ७ हजार ५ सयभन्दा बढी बिरामीको न्यूरो सर्जरी, ५ हजारभन्दा बढी बिरामीको मुटुसम्बन्धी प्रोसिड्यूर, ६ हजारबढी बिरामीको हाडजोर्नीको शल्यक्रिया गर्न सफल भएको अस्पतालको तथ्यांकले जनाएको छ ।
रजत जयन्तीको अबसरमा अस्पतालले सप्ताह व्यापी कार्यक्रम आयोजना गरेको जनाएको छ । राधाकृष्ण् रथयात्रामा श्रद्धालु भक्तजनहरुका लागि हेल्थ डेस्क, मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य जाँच, निःशुल्क औषधी तथा फलफूल बितरण, बृहत रक्तदान कार्यक्रम आयोजना गरी २५६ पिण्ट रगत संकलन, भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म २५ प्रकारको स्वास्थ्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका अपरेशनल डाइरेक्टर भट्टराईले बताएका छन् ।
उनले यो वर्षलाई ‘रजत वर्ष’को रुपमा मनाउने अस्पतालले निर्णय गरेको बताएका हुन् । अस्पतालले तुलसादेवी फाउण्डेशनको स्थापना गरेर प्रत्येक वर्ष कोशी प्रदेशमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने नर्स र मेडिकल अफिसरलाई ५१–५१ हजार राशीको पुरस्कार प्रदान गरी प्रोत्साहित गर्ने उनले बताएका छन् । अस्पताल प्रांगनमा ब्लड बैंकको स्थापना, अस्पताल वरीपरी क्षेत्रमा बगलामुखी सोसाइटीको सहकार्यमा नियमित सरसफाई, हरियाली प्रबर्द्धनका लागि बृक्षारोपण, सिसि क्यामेरजा जडान, बिजुली बत्ति जडान, कोशी र मधेस प्रदेशमा स्वास्थ्य सिबिरको आयोजना गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्ने योजना ल्याएर कार्यान्वयन गर्ने तयारीमा रहेको भट्टराईले जनाएको छ ।
अस्पतालका अपरेशनल डाइरेक्टर भट्टराईले यस अस्पताललाई चेन अफ हस्पिटलको रुपमा सुपरस्पेशियालिटी सेवाहरु प्रदान गर्न आउँदो ५ वर्षभित्र दमक र लहानमा ५०–५० शय्याको अस्पताल सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन् । उनले दमकमा अस्पताल निर्माणका लागि जग्गा खरिद प्रक्रिया सम्पन्न भइसकेको र लहानमा जग्गा खरिद प्रक्रियामा रहेको बताएका हुन् ।
विराटनगरलाई स्वास्थ्यको हब बनाउन न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालको महत्वपूर्ण योगदान रहेको स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरुको भनाइ छ । यस अस्पतालले अहिले न्यूरोलोजी, न्यूरो सर्जरी, मुटु रोग, हाडजोर्नी रोग, जनरल मेडिसिन, जनरल सर्जरी तथा ल्याप्रोस्कोपिक, स्त्री रोग तथा प्रसुती, नवजात तथा बाल स्वास्थ्य, मानसिक रोग, नाक, कान, घाँटी, नेफ्रोलोजी, यूरोलोजी, ग्यास्ट्रोलोजी, नेत्र रोग, आपातकालिन चिकित्सा, उच्च गुणस्तरको प्याथोलोजी, रेडियोलोजी, एनेस्थेसियोलोजी, चर्म तथा यौन रोग, दन्त रोग, फिजियोथेरापी, बाथ रोग र संक्रमण रोगका बिरामीहरुलाई उच्च गुणस्तरको बिशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालको सेवाले स्वस्थ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ ।
स्वास्थ्य
मन्त्री राईद्वारा खोटाङ अस्पताल ५० शैय्यामा स्तरोन्नति गरी सेवा शुभारम्भ
द नेप्लिज संवाददातामन्त्रालयको भौतिक प्रगति शतप्रतिशत गरेर प्रदेश सरकारको ३० प्रतिशत बजेट जोगाएँ : स्वास्थ्यमन्त्री राई
द नेप्लिज संवाददाताअबैध रुपमा स्वास्थ्य सेवा सञ्चालन गरेका स्वास्थ्य संस्थाहरुलाई कारवाही गर्दै स्वास्थ्य मन्त्रालय कोशी
द नेप्लिज संवाददातामन्त्री राईले शुरु गरे सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी सेवा
द नेप्लिज संवाददाताप्रदेश स्वास्थ्य मन्त्रालयले गरे औषधी खरिदका लागि सिंहदरबार वैद्यखानासँग सम्झौता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares