१० भदौ २०८२, बुधबार 27 Aug 2025, Wednesday

ब्रह्माकुमारी राजयोगद्वारा रक्तदान

द नेप्लिज संवाददाता
९ भदौ २०८२, मङ्गलबार

विराटनगर– ब्रह्माकुमार राजयोग सेवा केन्द्र विराटनगर– ४ ले नेपाल रेडक्रश शोसाइटी शाखा विराटनगरको सहयोगमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । राजयोगिनी दादी प्रकाशमणीको १८ औं पुण्यतिथी तथा विश्वबन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । 

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगर ४ का ब्रह्मकुमार हिराले १ सय घण्टामा नेपाल र भारतस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रहरुले एक लाख पिन्ट रगत संकलन गरेर दान गर्ने लिएको लक्ष्य अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको बताएका छन् । उनले बिरामीहरुका लागि रगत अभाव रहेको बेला ब्रह्माकुमारी राजयोगले नेपाल रेडक्रश शोसाइटीको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । 

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरअन्तर्गतका १० जिल्लास्थित सेवा केन्द्रहरुमा २ हजार ८३० पिन्ट रगत संकलन गरिएको ब्रह्मकुमार हिराले बताएका छन् । रक्तदान गरेका युवा, विद्यार्थी, नागरिक समाजलगायतलाई कदरपत्र प्रदान गरिएको उनले बताएका हुन् । 

प्रकाशित : ९ भदौ २०८२, मङ्गलबार 09:14
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved