११ भदौ २०८२, बिहीबार 28 Aug 2025, Thursday

ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र बरगाछीद्वारा रक्तदान

द नेप्लिज संवाददाता
१० भदौ २०८२, बुधबार

विराटनगर– ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र बरगाछी, विराटनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । 

राजयोगिनी दादी प्रकाशमणीको १८ औं पुण्यतिथी तथा विश्वबन्धुत्व दिवसको अवसरमा अन्तर्राष्ट्रियस्तरको ग्लोबल मेगा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र बरगाछी, विराटनगरले पहिलो दिन शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको उपसेवा केन्द्रकी सञ्चालिका ब्रह्मकुमारी तारा दिदीले बताइन् । उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रश सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा आयोजना गरिएको उनले बताइन् । 

प्रकाशित : १० भदौ २०८२, बुधबार 09:28
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved