काठमाडौं- सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दीपक थापालाई नियुक्त गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थापालाई आईजीपी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
वरिष्ठता, कार्यकुशलता, र कार्यक्षमतालाई आधार मानेर सरकारले थापालाई प्रहरी संगठनको नेतृत्व दिएको बताइन्छ । यस पदका लागि एआईजी सुदिप गिरी र टेकबहादुर तामाङ पनि प्रतिस्पर्धी थिए । नेपाल प्रहरीका पूर्व-आईजीपी बसन्तबहादुर कुँवरको अवकाशसँगै रिक्त भएको पदमा सरकारले थापालाई नियुक्त गरेको हो । कुँवरसहित नेपाल प्रहरीका नौ जना उच्च अधिकारी अनिवार्य अवकाशमा गएका छन् ।
अनिवार्य अवकाश पाउने अन्य अधिकारीहरुमा अतिरिक्त प्रहरी महानिरीक्षकहरु (एआईजी) टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह, र जनक भट्टराई रहेका छन् । त्यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्द, भोला रावल, र ध्रुवराज राउत पनि अनिवार्य अवकाशमा गएका छन् ।
नव नियुक्त आईजीपी दीपक थापामाथि अपराध नियन्त्रण, प्रहरी संगठनभित्र सुधार, तथा जनताको विश्वास जित्ने चुनौती रहेको छ । संगठित अपराध, साइबर क्राइम, र सीमा सुरक्षा जस्ता मुद्दाहरुलाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने उनको प्राथमिक जिम्मेवारी हुनेछ । आईजीपी थापाले संगठनभित्र अनुशासन मजबुत बनाउने, प्रहरी सेवामा आधुनिक प्रविधिको प्रयोग बढाउने, र अपराध अनुसन्धानलाई अझ प्रभावकारी बनाउने बताइएका छन् ।
नयाँ नेतृत्वसँगै नेपाल प्रहरीमा केही संरचनागत परिवर्तन हुने संकेत देखिएको छ । संगठनभित्रका सुधार र कार्यशैलीमा नयाँ नीति लागू गर्ने सम्भावना रहेको छ । सरकारको पछिल्लो निर्णयले प्रहरी संगठनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।नयाँ आईजीपी थापा कस्तो शैलीमा संगठन चलाउँछन् भन्ने कुरा अबको केही महिनाभित्र स्पष्ट हुनेछ । जनताको सुरक्षाका लागि उनले प्रभावकारी सुधार ल्याउने विश्वास गरिएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares