विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार राजधानीको बल्खुमा शक्ति प्रदर्शन गर्दैछ । सुरुमा भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको प्रदेशस्तरीय प्रदर्शन र आमसभा स्थानीय प्रशासनले अनुमति नदिएपछि बल्खु सारिएको हो ।
पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार विरोध ¥याली बिहान ११ बजेदेखि र सभाको प्रारम्भ दिउँसो १२ बजेबाट हुनेछ । राप्रपाले कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट कार्यकर्ताहरू सहभागी गराउँदैछ ।
श्रेष्ठले भने, ‘प्रशासनले सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि बल्खुमा सारिएको हो ।’
प्रदर्शनलाई व्यवस्थित र अनुशासित बनाउने तयारीस्वरूप सोमबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा पार्टी केन्द्रीय कार्यसमितिको बैठकसमेत बसेको थियो । बैठकले कार्यक्रमलाई मर्यादित र शान्तिपूर्ण बनाउने निर्णय गरेको हो । दुर्गा प्रसाईं नेतृत्वको पछिल्लो राजावादी आन्दोलनमा देखिएको हिंसा दोहोरिन नदिन राप्रपा नेतृत्वले विशेष सतर्कता अपनाएको छ ।
प्रदर्शनस्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी गरी तीन तहका सुरक्षा व्यवस्था मिलाइएको छ । करिब दुई हजार सुरक्षाकर्मी परिचालन हुनुका साथै सीसीटीभी र ड्रोनबाट निगरानी गरिने छ ।
राप्रपाको प्रदर्शनसँगै नेपाल शिक्षक महासंघ, सहकारी र लघुवित्त पीडित समूहले पनि आज काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने भएपछि राजधानीको सवारी आवागमनमा व्यापक असर पर्ने भएको छ ।
शिक्षक आन्दोलन माइतिघरदेखि बानेश्वरसम्म निरन्तर जारी छ । सहकारी र लघुवित्त पीडितले शान्तिबाटिकामा प्रदर्शन गर्ने जनाएका छन् । यी सबै गतिविधिका कारण आजको दिन राजधानीमा सवारी र सर्वसाधारणको आवागमनमा असर पर्ने प्रक्षेपण गरिएको हो ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares