विराटनगर– विराटनगर महानगरपालिकाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ ।
वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा विराटनगरमा आएको अवसरमा महानगरले सम्मान गरेको हो । महानगरमा निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले माला, खादा, अविर र महानगरको लोगो लगाइदिएर सम्मान गरेका छन् ।
कार्यक्रममा मेयर कोइरालाले पुनले सञ्चालन गरेको अभियानमा महानगरको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । महानगरले बोलाएर सम्मान गरेकोमा धन्यवाद दिँदै पुनले आफू नबोलाएको ठाउँमा कहिल्यै नजाने उल्लेख गरे । पुस्तक बिक्रीबाट हालसम्म १० करोड रुपैयाँ संकलन भइसकेको उनको भनाइ थियो । जसरी पनि कृषि औजार कारखाना सञ्चालन गरेरै छाड्ने पुनले उद्घोषसमेत गरे । राज्यले सहयोग नगरे पनि जनताको सहयोगबाट अबको दुई वर्षभित्र कृषकलाई आवश्यक पर्ने कृषि औजारहरु उत्पादन गर्ने उनले जानकारी दिए । कारखानाबाट धान, गहुँ, तरकारी रोप्ने, गोड्नेलगायतका औजार उत्पादन गरिनेछ । कारखानाबाट १५ किसिमको औजार नमुना बनाएर परीक्षण भइरहेको पुनले जानकारी दिए ।
कार्यक्रममा मेयर कोइराला, उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृत ढुंगेल, वडाध्यक्षहरु, महाशाखा, शाखा प्रमुख, कर्मचारीहरुले व्यक्तिगत रुपमा पुस्तक खरिद गरेका थिए । त्यस्तै महानगरले संस्थागत रुपमा २ लाख रुपैयाँ बराबरको पुस्तक खरिद गरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares