नागरिकको समस्या, नागरिककै शब्दमा
महानगर विराटनगरको देवकोटा चोक क्षेत्रको माटाम्मे कालोपत्रे सडक।
विराटनगर- कालोपत्रे सडक माटाम्मे भएको यो दृश्य रंगेली-विराटनगर जोड्ने मुख्य सडक खण्डको देवकोटा चोक क्षेत्रको हो ।
महानगरपालिकाको गाडीको लापरवाहीले बाटोभरि झर्ने माटोले बटुवा, सवारी चालक र वरिपरिकाको दैनिकी असहज बन्छ । पानी पर्यो भने हिलाम्मे भएर आवागमनमा कठिनाइ एवं दूर्घटनाको जोखिम बढाउँछ । कडा घाम लागेपछि माटा सुकेर धुलाम्मे भएर हिँडि नसक्नु हुन्छ । घर र पसलभित्र बस्दा पनि मास्क लगाउनु पर्ने हुन्छ ।
महानगरपालिकाले रातिपख सार्वजनिक स्थलको खाल्डाखुल्डी भर्ने काम निःसन्देह सराहनीय र सकारात्मक हो । तर यही काम सावधानीपूर्वक गर्यो भने करोडौँको लागतमा बन्ने सडकको आयु बढ्छ । काम गर्ने क्रममा पोखिएका माटोलाई त्यतिकै छाड्नु भएन, बिहानपख सफाइ कर्मचारी पठाएर बाटो चिटिक्क पार्नुपर्छ । यो हर्कतले जनतालाई दु:ख दिनुका साथै महानगरलाई पनि कुरुप बनाइ रहेको छ । मेयरज्यू, यता तिर पनि सोच्ने कि ?
विराटनगर-७ र ८ का पीडीत स्थानीय
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares