विराटनगर– शान्ता र तिलकुमारी नियमित बिहानको हिँडाइमा निस्कन्थे। तर आजको बिहान उनीहरूको जीवनको अन्तिम बिहान बन्यो।चालकको असावधानी र लापर्बाहीले दुई परिवारमा अपूरणीय शोकको छायाँ छोडिदिएको छ।
सधैँझैं बिहानको चिसो हावासँगै मन हलुका पार्न मर्निङ वाकमा निस्किएका उनीहरुको जीवन एक्कासि सडकमै अन्त्य भयो। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१, बसन्तपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा उनीहरूको ज्यान गएको हो।
अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको सवारीले बिहान करिब पौने ६ बजे दुवै जनालाई ठक्कर दिएको थियो।दुर्घटनामा ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझी गम्भीर घाइते भइ घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ।
दुर्घटनापछि सवारी चालकसहित गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार चालक निदाएको र गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ।
#शान्ता #तिलकुमारी
समाचार
मन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताचुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares