विराटनगर- कैलालीमा डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई शनिबार बलात्कार भएको खुलासा भएको छ।
जबरजस्तीकरणीमा संलग्नमध्ये दुई जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले भनेको छ । प्रहरीका अनुसार बर्दगोरिया–३ का ४४ वर्षीय गोपाल विक र एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।
प्रहरीकाअनुुसार स्थानीय विद्यालयमा कक्षा ४ मा पढ्ने उनलाई विकले मासु पकाएर ल्याइदिनू भन्दै दिएका थिए । मासुु पकाएर उनको पसलमा पुगेका बेला कोठामा लगेर दुवैले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे पीडित पक्षले आइतबार साँझ मात्र प्रहरीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय बौनियाको टोलीले दुवैलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि शुक्रबार धनगढीमा विद्यालयबाट फर्किरहेको बेला १४ वर्षीयालाई एक युवकले जबरजस्तीकरणी गरेको उजुरी प्रहरीमा परेको थियो । ती युवक अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares