विराटनगर– उ बेला पञ्चायतका शासक थर्काउने पहिचान बनाएकी राष्ट्रिय पञ्चायतकी लोकप्रिय सदस्य नानीमैया दाहालको ९१ वर्षको उमेरमा काठमाडौंको मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
२०३८ सालको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा प्रचण्ड बहुमतसहित प्रवेश गरेर नानीमैया राष्ट्रिय चर्चाको व्यक्तित्व बनेकी थिइन् । उनले त्यतिबेला ६५ हजार ७ सय ७७ मत पाएकी थिइन् । उनी पछि दोस्रो मत पाएर निर्वाचित भएका जोगमेयर श्रेष्ठले भने ३० हजारभन्दा कम मत पाएका थिए ।
०४३ मा दाहाल र श्रेष्ठ दुवै पराजित भए। जनपक्षीय उम्मेदवार मानिएका पद्मरत्न तुलाधर र विमलमान सिंह श्रेष्ठ निर्वाचित भएका थिए। दाहाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएकी थिइन्।
चित्त नबुझेका कुरामा पञ्चायतका शासकलाई तत्काल जवाफ दिने, शासकका नराम्रा काम बारे सार्वजनिक रुपमा बोल्ने र अडानमा कायम रहने उनी जनतामाझ लोकप्रिय थिइन् । उनी २०२९ सालमा जोरपाटी गाउँ पञ्चायतको उप प्रधानपञ्च भएर काम गरेकी थिइन् । उनले त्यो बेला नुन र तेलका लागि लाम लाग्नु पर्ने व्यवस्थाको अन्त्य गरेकी थिइन् ।
भूमि सुधारमा रहेको अप्ठेरा हटाउन सक्रिय भएर लागेकी थिइन् । सानैमा भएको विवाह असफल भए पछि उनले एकल जीवन बिताइन् । उनले बहिनीका सन्तानलाई नै आफ्नो मानेकी थिइन् । बहिनीका छोराको समेत निधन भइसकेकाले नातिले काजकिरिया गर्ने परिवार निकटले जनाएको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares