विराटनगर– चलचित्र ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले बताएका छन् ।
उनको अनुसार २०६६ साउन १ मा जन्मिएका केसीको जाजरकोटस्थित घरमै मंगलबार (चैत १९ गते) निधन भएको हो । फिल्ममा कुपोषित बालककै चरित्रमा देखिएका केसी वास्तवमै कुपोषित बालक र कर्णाली क्षेत्रबासी थिए ।
छायांकन पछि उनको जटिल कुपोषणको उपचारका लागि काठमाडौंस्थित ग्रिन सिटी अस्पताल ल्याइएको थियो । उक्त अस्पतालले कान्ति बाल अस्पताल पठाए पनि उपचार सम्भव नभएको भन्दै उनलाई कर्णाली नै फर्काइएको थियो।
चलचित्र निर्माण टोलीले सुटिङका क्रममा उनको स्याहार, भोजन, लत्ताकपडा र परिवारको सहजताका लागि मोबाइलसहित सहयोग गरेको थियो ।
गीतकार वसन्त उदासको समन्वयमा केसीको उपचार र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता पूरा गर्न खोजिए पनि सफल हुन नसकेको टोलीले जनाएको छ । निर्देशक कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुपोषणबाट नेपालमा अझै बालबालिकाले ज्यान गुमाइरहेका छन् । विकासको मृत्युले स्तब्ध बनाएको छ । कर्णालीको कष्टकर जीवन र बाल मृत्युदरप्रति सरकारको ध्यान जाओस् ।’ कर्णालीमा ५० हजार बालबालिका कुपोषणबाट पीडित छन् ।
उनले चलचित्रमार्फत कर्णालीको वास्तविकता उजागर गर्न खोजिएको र कला क्षेत्रबाट कुपोषणविरुद्ध आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् । चलचित्र परिवारले केसीको आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । टोलीले सरकार र सम्बद्ध पक्षलाई कुपोषणबाट हुने बाल मृत्यु रोक्न गम्भीर बन्न आग्रह गरेको छ ।
लाजशरणमा कर्णालीको दुखलाई चित्रण गरिएको चलचित्र हो । एक महिना अगाडि प्रदर्शनमा आएको यो सिनेमा अहिले पनि हलहरुमा चलिरहेको छ ।
साहित्य/कला
प्रगतिशील लेखक संघको अभियान ‘टोलटोलमा साहित्य’
द नेप्लिज संवाददाताजनकपुरधाममा जानकी जन्मोत्सव सुरु, दैनिक श्रीराम कथा वाचनदेखि डोला शोभा यात्रासम्मको तयारी
द नेप्लिज संवाददाताबैसाख २६ गते विराटनगरमा दुर्गेश थापाकाे साङ्गितिक प्रस्तुति
द नेप्लिज संवाददाताआज अक्षय तृतीया र शिव–पार्वती विवाह महोत्सव
द नेप्लिज संवाददातारातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु, सांस्कृतिक उत्सवको माहोल
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares